नेपालको पहिलो खेल युगान्डासँग

काठमाण्डु टुडे २०७१ पुष ८ गते ५:४५ मा प्रकाशित

काडमाण्डु–नेपालले विश्व क्रिकेट लिग डिभिजन २ मा आफ्नो पहिलो खेल युगाण्डासँग खेल्ने भएको छ ।

nepali-cricket-players-in-dubai

जनवरी १७ देखि २४ सम्म हुने उक्त प्रतियोगितामा नेपाल सहित नेदरल्यान्ड, क्यानडा, नामिबिया, केन्या र युगान्डा सहभागि छन् ।

आईसीसीले आईतबार सार्वजनिक गरेको खेल तारलका अनुसार नेपालले जनवरी १८ मा नेदरल्यान्ड, २० मा क्यानडा, २१ मा आयोजक नामिबिया र २३ मा केन्यासँग आफ्नो खेल खेल्नेछ ।

प्रतियोगिताका शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले चार दिवसीय अन्तरमहादेशीय कप र ५० ओभरको विश्व क्रिकेट लिग खेल्न पाउनेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us