
धनगढी, ५ पुस– बङ्लादेशमा यही पुसमा हुन लागेको दोस्रो दक्षिण एसियाली गोजुरियो कराते प्रतियोगिताका लागि सुदूरपश्चिमबाट पाँचजना खेलाडी छनोटमा परेका छन् ।
पुस १३ देखि १५ गतेसम्म सञ्चालन हुने सो प्रतियोगिताका छनोटमा परेका खेलाडी शुक्रबार बन्द प्रशिक्षणका लागि काठमाण्डु प्रस्थान गरेको सुदूरपश्चिमाञ्चल गोजुरियो कराते सङ्घका अध्यक्ष नारदमुनि रानाले जानकारी दिए ।
छनोटमा परेका खेलाडी एक हप्ता बन्द प्रशिक्षणमा सहभागी भई बङ्गलादेश प्रस्थान गर्ने जनाइएको छ । प्रतियोगितामा सुदूरपश्चिमबाट दुईजना अफिसियलसमेत सहभागी हुने जनाइएको छ ।
प्रतियोगितामा सुदूरपश्चिमबाट छनोटमा पर्ने खेलाडीमा नरेशबहादुर चन्द, पवन साहु, सुरज कुश्मी, कुवेर खड्का र गङ्गेश्वरी शाही रहेका छन् ।
रासस