
एजेन्सी–भारत र अस्टेलिया बीचको दोस्रो टेस्ट म्याचको पहिलो दिन भारत बलियो स्थितिमा रहेको छ । भारतका लागि मुरली विजयले एक सय ४४ रन जोडे ।
भारतले पहिलो दिनको खेल समाप्तीसंगै चार विकेटको क्षतिमा तिन सय ११ रन बनाएको छ ।
भारतका लागि शिखर धवन २४, विराट कोहली १९, चेतेश्वर पुजारा १८ रन बनाएर आउट भएका थिए । अस्टेलियाको तर्फबाट जेआर हेजलवुड र शान माशले दुई दुई विकेट हात पारेका छन् । भारतका अंजिक्य राहने ८१ र राहित शर्मा २६ रनमा अविजित रहेका छन् ।
दोस्रो दिनको खेल बिहिबार बिहानदेखि शुरु हुनेछ । चार टेस्टको श्रृङखलामा अस्टेलिया १–० ले अगाडि छ ।