
एजेन्सी– पछिल्लो समय खराब प्रदर्सन गरिरहेका इङ्ल्याण्ड क्रिकेट टीमका कप्तान एलिस्टर कुक कप्तान रहिरहने वा नरहने भन्ने चर्चा चल्न थालेको छ ।
पछिल्लो २१ एकदिवसीय प्रतियोगितामा कुकको ओसत रन २४.९५ रहेको छ । यसबखत इङ्ल्याण्डले आठ प्रतियोगिता जितेको छ भने चार सिरीजमा हार बेहोरेको छ ।
श्रीलंकासंग छैठो वन डे प्रतियोगितामा ९० रनको हारपछि इङ्ल्याण्डका कोच पीटर मूर्सले कुक इङ्ल्याण्डको कप्तान भइरहने कुराको कुनै ग्यारेन्टी नरहेको बताएका थिए ।
इङ्ल्याण्ड क्रिकेट बोर्डका प्रबन्ध निर्देशक पाँल डाउनटोनले भने आगामि विश्व कप सम्म कुकलाई नै इङ्ल्याण्ड क्रिकेट टीमको कप्तान बनाउनुपर्ने बताएका छन् । कुकलाई कप्तान नबनाएमा त्यो धेरै खतरनाक हुने समेत उनले बतााएका छन् ।
टाउनटोनले एक मिडियासंग कुरा गर्दै भने ‘यसबेला कुक एकदमै खराब फर्ममा रहेका छन् तर त्यसलाई उनी परिबर्तन गर्न सक्दछन् ।’