एजेन्सी– सिड्नीको एउटा क्याफेमा मानिसहरुलाई बन्धक बनाइएको घटना पछि ब्रिस्बेनमा रहेको भारतीय क्रिकेटरहरुको सुरक्षा बढाईएको छ ।
बीसीसीआईले घटनामा आफ्नो नजर रहेको भन्दै कुनै पनि अप्रत्यासित घटना हुन नदिन सुरक्षा बढाईएको बीसीसीआईका सचिव संजय पटेलले सञ्चारकर्मीलाई बताए ।
पटेलले क्रिकेट अस्ट्रेलियाका शिर्ष अधिकारीहरुसँग आफुहरु लगातार सम्पर्कमा रहेको र खेलाडीहरुको सुरक्षा मुख्य मुद्धा भएको बताए ।
‘खेलाडीहरु हाल ब्रिस्बेनमा छन् जहाँ सबै सामान्य रहेको छ ।’, पटेलले भने । उनले भारतीय क्रिकेटर टिमको साथ थप प्रहरीहरु तैनात गरिएको क्रिकेट अस्टे«लियाले जनाएको उनको भनाई थियो ।
‘क्रिकेट अस्ट्रेलियाको यो कदम देखि हामी सन्तुष्ट छौ ।’, पटेलले थपे ।
भारतीय टिम चार टेस्ट मैचका श्रृंखला र फेरी त्रिकोणीय बनडे सीरीज खेल्न हाल अस्ट्रेलियामा रहेको छ । सीरीजको दोस्रो टेस्ट ब्रिस्बेनम बुधबार देखि शुरु हुदैछ ।
६ जनबरीमा खेलिने चौथो टेस्ट मैचमा यसको कुनै असर पर्छ ? भन्ने पत्रकारको प्रश्नमा उनले अहिले नै केही भन्नु हतार हुने टिप्पणी गरे ।