खेलकुद

बेलायती राष्ट्रिय फुटबल टोलीको घोषणा

२०७६ जेठ १४ गते ११:२७

एजेन्सी । बेलायतले राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ । मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले सोमबार नेसन्स लिगका लागि २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् । छनोटमा परेका २७ खेलाडीबाट उनले २३ खेलाडीलाई टिममा राखेका हुन् । टोटेनहमका स्टार खेलाडी ह्यारी केन भने टोलीमा परेका...

प्रधानमन्त्री कप क्रिकेटः एपीएफसँग सुदूरपश्चिम हार्याे, प्रदेश ३ को पहिलो जित

२०७६ जेठ १३ गते १७:०४

काठमाण्डु, १३ जेठ – विभागीय टिम एपीएफले काठमाण्डुमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ । सोमबार भएको समूहको चरणको दोस्रो खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई तीन विकेटले हरायो । कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमले ३७ दशमलव...

प्रधानमन्त्री कपः आर्मीको लगातार दोस्रो जित

२०७६ जेठ १२ गते १५:५१

काठमाण्डु, १२ जेठ – एक्पर्ट प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत विभागीय टिम त्रिभुवन आर्मीले लगातार दोस्रो जित निकालेको छ । आइतबार भएको खेलमा आर्मीले प्रदेश एकलाई १ सय १३ रनले हरायो । कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ४५ दशमलव तीन...

प्रधानमन्त्री कप आजबाट सुरु, प्रचण्डले उद्घाटन गर्ने

२०७६ जेठ १० गते १०:२४

काठमाण्डु, १० जेठ – राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा शुक्रबारदेखि प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता सुरु हुँदै छ । तेस्रो संस्करणको प्रतियोगिताकोे उद्घाटन कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुँदै छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खेलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । तर, अन्तिम...

हिरो महिला लिगः सावित्री एक्लैले हानिन् २ गोल

२०७६ जेठ ८ गते १७:५३

काठमाण्डु, ८ जेठ – भारतमा जारी हिरो महिला लिग फुटबलको फाइनलमा अहिले नेपाली फरवार्ड सावित्रा भण्डारी र अनिता बस्नेत सम्मलित सेथु फुटबल क्लब र मनिपुर पुलिस क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । गुरु नानक स्टेडियममा जारी खेलमा नेपालकी सावित्रा चम्किएपछि सेथुले ३–१ को अग्रता बनाएको...

मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोली घोषणा, विमल र भरत ‘आउट’

२०७६ जेठ ६ गते १७:३५

काठमाण्डु, ६ जेठ — मलेसिया र चाइनिज तेइपेइसँग हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको राष्ट्रिय फुटबल टोली घोषणा भएको छ । प्रशिक्षक योहान कालिनले सोमबार घोषणा गरेको टोलीमा राष्ट्रिय टोलीका फरवार्डद्वय विमल घर्तीमगर र भरत खवास परेनन् । नेपालले मलेसियाविरुद्ध जुन २ मा क्वालालाम्पुरमा...

ला लिगामा मेस्सीले बनाए यस्तो किर्तिमान

२०७६ जेठ ६ गते ११:०८

एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले ५० गोल गर्ने खेलाडीको किर्तिमान बनाएका छन् । स्पेनिस ला लिगा अन्तर्गत मेस्सीले किर्तिमान बनाएको खेलमा आइतबार राति बार्सिलोना इबरसँग २—२ गोलको बराबरीमा रोकिएको छ । यसअघिनै लिग च्याम्पियन बनेको बार्सिलोनाले लिगको अन्तिम खेलमा बराबरीमा चिक्त बुझाएको हो...

विश्व र्‍याफ्टिङमा नेपाल १० औँ स्थानमा

२०७६ जेठ ५ गते १५:४९

एजेन्सी । नेपालले विश्व र्‍याफ्टिङ च्याम्पियनशिपमा १० औँ स्थान हासिल गरेको छ । अष्ट्रेलियामा सम्पन्न वर्ल्ड र्‍याफ्टिङ च्याम्पियनसिप डब्ल्यूआरसी को खुल्ला पुरुषतर्फ नेपाली टोली समग्रमा १० औँ स्थान हासिल गर्न सफल भएको हो । नेपालले खुल्ला पुरुष स्प्रिन्टमा ७९ अंकसहित पाँचौ स्थान हासिल गरेको...

विश्वकप क्रिकेट विजेतालाई ४० लाख डलर पुरस्कार

२०७६ जेठ ३ गते १५:१६

काठमाण्डु, ३ जेठ – विश्वकप एकदविसीय क्रिकेट प्रतियोगिताको विजेताले ४० लाख डलर पुरस्कार पाउने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै विजेता टिमले अहिलेसम्मकै ठूलो पुरस्कार राशी पाउने उल्लेख गरेको हो । त्यस्तै, उपविजेताले भने २० लाख डलर...

नेपाली युवाले इंग्लिस प्रिमियर लिग खेल्ने

२०७६ जेठ ३ गते १४:२५

एजेन्सी । लण्डनमा बस्दै आएका नेपाली मूलका किशोरले इंग्लिस प्रिमियर लिगमा आबद्ध भएका छन् । साउथ इस्ट लण्डनको प्लमस्टिड निवासी १५ वर्षीय जय प्रधान वाटफोर्ड फुटबल क्लबको अन्डर १६ टिमका लागि अनुबन्धन भएका हुन् । बिहीबार लण्डनको वाटफोर्डस्थित क्लबको ट्रेनिङ सेन्टरमा जय र क्लबबीच...

ह्वी चेयर क्रिकेटमा नेपालको खराब प्रर्दशन

२०७६ जेठ ३ गते १३:५१

काठमाण्डु, ३ जेठ – ह्वील चेयर कप टी–२० क्रिकेटमा नेपालले खराब प्रदर्शन गरेको छ । चार टोली सम्मिलित प्रतियोगितामा नेपालले तीनै टिमसँग पराजय भोगेको छ । यसअघि भारत र बंगलादेशसँग पराजित भएको नेपाल आज भएको अन्तिम खेलमा पाकिस्तानसँग १३० रनको भारी अन्तरले पराजित हुन...

ह्वीलचेयर क्रिकेटमा नेपालको लगातार दोस्रो हार

२०७६ जेठ २ गते १७:४१

काठमाण्डु, २ जेठ – एसिया कप ह्वीलचेयर टी–ट्वेन्टी क्रिकेटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । नेपाल बंगलादेशसँग ८ विकेटले पराजित भयो । कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९ ओभर ३ बलमा अलआउट हुँदै १४८ रन बनाएको थियो । नेपालका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us