एजेन्सी । बेलायतले राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ । मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले सोमबार नेसन्स लिगका लागि २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् । छनोटमा परेका २७ खेलाडीबाट उनले २३ खेलाडीलाई टिममा राखेका हुन् ।
टोटेनहमका स्टार खेलाडी ह्यारी केन भने टोलीमा परेका छन् । उनी गत अप्रिलबाट मैदान बाहिर थिए । बेलायतले नेसन्स लिगको सेमिफाइनलमा नेदरल्यान्डसँग जुन ६ मा खेल्नेछ ।
यस्तो छ बेलायती टिम
गोलकिपरः जोर्डन पिक्फोर्ड, ज्याक बट्लाण्ड, जयक बुट्ल्याण्ड
डिफेन्डरः बेन चिल्वेल्ल, जोए गोमेज, ट्रेन्ट एलेक्जान्डर अर्नाल्ड, माईकल केन, ह्यारी मागुइरे, ड्यानी रोस,जोन स्टोन्स, केली वाल्कर
मिडफिल्डरः एरिक डियर, जोर्डन हेन्डरसन, डेल अलि, रोस बार्क्ली, फावियन डेल्फ, जेसे लिंगार्ड, डिक्लेन राइस
फरवार्डः ह्यारी केन, मार्कुस राष्फोर्ड, जाडन सान्चो, रहिम स्ट्रलिङ, कलुम विल्सन