हिरो महिला लिगः सावित्री एक्लैले हानिन् २ गोल

काठमाण्डु टुडे २०७६ जेठ ८ गते १७:५३ मा प्रकाशित

काठमाण्डु, ८ जेठ – भारतमा जारी हिरो महिला लिग फुटबलको फाइनलमा अहिले नेपाली फरवार्ड सावित्रा भण्डारी र अनिता बस्नेत सम्मलित सेथु फुटबल क्लब र मनिपुर पुलिस क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।

गुरु नानक स्टेडियममा जारी खेलमा नेपालकी सावित्रा चम्किएपछि सेथुले ३–१ को अग्रता बनाएको छ ।

पहिलो हाफ सकिदा १–० गोल अन्तरले पछाडी परेको सेथुले दोस्रो हाफमा तीन गोल गरेको हो । सावित्राले ७० औं मिनेटमा दोस्रो गोल गरिन् । त्यसअघि सावित्राले ६१ औं मिनेटमा गोल गर्दै सेथुलाई २–१ को अग्रता दिलाएकी थिईन् । त्यसअघि सेथुले ५६ औं उमापति देवीको आत्मघाती गोलबाट बराबरी गरेको थियो ।

मनिपुरका राधारानी देवीले ४४ औं मिनेटमा गोल गरिन् । अहिले दुवै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।

सेमिफाइलनमा एसएसबी सेन्ट्रल वुमन्स फुटबल क्लबलाई ८–१ को भारी गोल अन्तरले पराजित गर्दै सेथु उपाधि नजिक पुगेको हो । सेथुको जितमा नेपाली फरवार्ड सावित्राले ह्याट्रिकसहित ४ गोल गरेकी थिईन् । फाइनलमा सेथुले सावित्रासंग उच्च प्रदर्शनको आशा राखेको छ ।

मनिपुरले सेमिफाइनलमा गोकुलम केरेलालाई ४–२ गोल अन्तरले पराजित गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us