प्रधानमन्त्री कप आजबाट सुरु, प्रचण्डले उद्घाटन गर्ने

काठमाण्डु टुडे २०७६ जेठ १० गते १०:२४ मा प्रकाशित

काठमाण्डु, १० जेठ – राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा शुक्रबारदेखि प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता सुरु हुँदै छ । तेस्रो संस्करणको प्रतियोगिताकोे उद्घाटन कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुँदै छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खेलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

तर, अन्तिम समयमा उद्घाटनस्थल परिषद्ले परिवर्तन गरेको हो । नेपाल इन्टरनेसनलका अध्यक्ष शुभास प्रधानले मूलपानी मैदान खेल्नका लागि योग्य भए पनि उद्घाटन कमजोर नहोस् भनी त्रिवि मैदानमा सारेको बताए । मूलपानीमा हुने प्रतियोगिता १२ जेठबाट हुनेछ ।

खेल तालिका परिवर्तन हुने

प्रधानमन्त्री कपको खेल–तालिकामा परिवर्तन भए पनि तोकिएको मितिमै प्रतियोगिता समापन हुने प्रधानले बताए । प्रतियोगितामा सात प्रदेशसहित विभागीय टोलीले सहभागिता जनाउनेछन् ।

प्रधानमन्त्री कपको विजेताले २० लाख र उपविजेताले १० लाख रुपैयाँ पाउनेछन् । उत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछ । उत्कृष्ट ब्याट्सम्यान र बलरले समान ५० हजार रुपैयाँ हात पार्नेछन् । प्रतियोगितामा एक हातले क्याच लिने दर्शकले ५० हजार रुपैयाँ पाउनेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us