खेलकुद

फ्रेन्च ओपन नखेल्ने मारिया सारापोभाको घोषणा

२०७६ जेठ २ गते १४:०१

एजेन्सी । मारिया सारापोभाले फ्रेन्च ओपन नखेल्ने निर्णय गरेकी छिन् । प्रतियोगिता फ्रान्सको पेरिसमा १० दिनपछि अर्थात् मे २६ देखि सुरु हुँदैछ । पूर्व च्याम्पियन सारापोभा काँधको समस्याका कारण खेल्न नसक्ने भएकी हुन् । ३२ वर्षे सारापोभाले गत जनवरीदेखि कुनै प्रतियोगिता खेलेकी छैनन् ।...

मनाङले पञ्जाबलाई बराबरीमा रोक्यो

२०७६ जेठ १ गते १७:४६

काठमाण्डु, १ जेठ – एएफसी कपअन्तर्गत मिनर्भा पञ्जाबविरुद्धको होम म्याचमा मनाङले एक–एक गोलको बराबरी खेलेको छ । यो बराबरीले मनाङको दोस्रो चरणमा पुग्ने सम्भावना झन कठिन बनेको छ । सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा मनाङले मिनर्भाको एक गोलको अग्रता उल्ट्याएको हो । घरेलु दर्शकमाझ...

सन्दीप लामिछानेले किने नयाँ बाइक

२०७६ वैशाख ३१ गते १५:३३

काठमाण्डु, ३१ वैशाख – नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले महँगो मूल्य पर्ने स्पोर्ट्स बाईक किनेका छन् । भारतमा सम्पन्न १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट खेलेर हालै स्वदेश फर्किएका सन्दीपले विश्व चर्चित ब्राण्ड बिएमडब्लुको बाइक किनेका हुन् । दिल्ली...

लिभरपुलसँग हारेपछि मेस्सीले दिए यस्तो प्रतिक्रिया

२०७६ वैशाख ३१ गते १५:१३

एजेन्सी । च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको दोस्रो लेगमा लिभरपुलविरुद्ध बार्सिलोनाका कप्तान लियोनल मेस्सीको टिमले हार व्यहोर्‍यो । जसका कारण उनी यतिबेला राम्रो अवस्थामा छैनन् । मेस्सीले त्यसपछि धेरै समर्थकहरुबाट आलोचना खेप्नु परेको थियो । उक्त आलोचनाबाट निरास भएका मेस्सीले गेटाफे एफसीसँगको खेलपछि समर्थको साथ...

आईपीएलबाट सन्दीपले पाए ५५ लाख

२०७६ वैशाख ३१ गते १३:५९

काठमाण्डु, ३१ वैशाख – इन्डियन प्रिमियर लिगमा पहिलो पटक तेस्रो स्थान हासिल गरेको दिल्ली क्यापिटल्सबाट नेपाली बलर सन्दीप लामिछानेले यो सिजन झण्डै ५५ लाख रुपैयाँ पाउने भएका छन् । दिल्लीले तेस्रो भएवापत ६ दशलमव ४ करोड भारतीय रुपैयाँमा आइपीएलको नियम अनुसार ५० प्रतिशत रकम...

आईपीएल जितेको मुम्बईले पायो ३२ करोड, कसले के पाए ?

२०७६ वैशाख ३० गते १०:४०

एजेन्सी । रोमाञ्चक खेलमा डिफेण्डिङ च्याम्पियन चेन्नई सुपर किंग्सलाई १ रनले हराउँदै मुम्बई ईण्डियन्सले ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको उपाधि जितेको छ । हैदरावादमा भएको सनसनीपूर्ण फाइनलमा १ सय ४९ रनको योगफल मुम्बईले जोगाएको हो । १ सय ५० रनको मध्यम चुनौती सहित जवाफि...

१३ औं सागमा नेपालले धेरैभन्दा धेरै पदक जित्छः मन्त्री विश्वकर्मा

२०७६ वैशाख २७ गते १४:५७

काठमाण्डु, २७ बैशाख – युवा तथा खेलकुदमन्त्री जगत बहादुर सुनार (विश्वकर्मा) ले १३ औं सागको तयारीमा सरकार जुटिरहेको स्पष्ट पारेका छन् । आगामी डिसेम्बर १ देखि १० तारिखसम्म हुने उक्त प्रतियोगिता भव्य रुपमा आयोजना र सफल रुपमा सम्पन्न गर्नेगरि सरकार तयारीमा जुटिरहेको मन्त्री विश्वकर्माले...

सागमा नेपालले २७ वटै खेलमा सहभागी हुने

२०७६ वैशाख २७ गते १४:१९

काठमाण्डु, २७ वैशाख – आगामी मंसिरमा नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद(साग)मा नेपालले २७ वटै खेलमा सहभागिता जनाउने भएको छ । युवा तथा खेलुकद मन्त्री जगतबहादुर सुनार विश्वकर्मा संयोजक रहेको तयारी तथा व्यवस्थापन मुल समारोह समितिको बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।...

एएफसी यू–१६ च्याम्पियनसिप छनोटः नेपाल कठिन समूहमा

२०७६ वैशाख २६ गते १५:००

काठमाण्डु, २६ वैशाख – नेपाल एएफसी यू–१६ च्याम्पियनसिप छनोटमा समूह ‘ए’ मा परेको छ । नेपाल रहेको समूहमा ताजिकिस्तान, जोर्डन, श्रीलंका र कुवेत रहेका छन् । जोर्डनमा आयोजना हुने प्रतियोगिता नेपालका लागि निकै कठिन रहेको छ । एएफसीका ४७ राष्ट्रहरू सहभागी गराएर प्रतियोगितालाई पश्चिम,...

बास्केटबल टिमका प्रशिक्षकलाई १ सय ८० वर्ष जेल

२०७६ वैशाख २५ गते ११:०१

एजेन्सी । अमेरिकाका युवा बास्केटबल टिमका एक जना प्रशिक्षकलाई यौन शोषणको आरोपमा १ सय ८० वर्ष जेल सजाय सुनाइएको छ । ४३ वर्षका ग्रेग स्टेफनलाई चार सय जना केटालाई यौन शोषण गरेकामा अमेरिकाको एक अदालतले दोषी ठहर गर्दै सजाय सुनाएको हो । स्टेफनले १...

वेष्ट इन्डिज क्रिकेटका पूर्व ब्याट्सम्यान सेइमोर नुर्सीको निधन

२०७६ वैशाख २४ गते १७:२७

एजेन्सी – वेष्ट इन्डिज क्रिकेट टिमका पूर्व ब्याट्सम्यान सेइमोर नुर्सीको निधन भएको छ । लामो समयदेखि बिरामी रहका उनको ८५ वर्षको उमेरमा निधन भएको हो । सन् १९६० देखि १९६९ सम्म वेष्ट इन्डिज क्रिकेट टिमबाट खेलेका उनले २९ टेष्ट खेलेका थिए । नुर्सीको निधन...

भारतीय महिला लिगमा ४ गोल गर्दै सावित्रा बनिन् प्लेयर अफ् द म्याच

२०७६ वैशाख २४ गते १३:५३

काठमाण्डु, २४ बैशाख – नेपाल महिला फुटबलर सावित्रा भण्डारीको ह्याट्रिकको सहयोगमा सेथु एफसीले भारतमा जारी महिला लिगको पहिलो खेलमा जित निकालेको छ । सावित्राको सानदार प्रदर्शनमा सेतु एफसीले मणिपु पुलिसलाई ६–४ ले हरायो । पहिलो पटक भारतीय लिग खेल्न गएकी सावित्राले मणिपुर पुलिस स्पोर्टस...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us