खेलकुद

आज सन्दीपले विराट कोहलीविरुद्ध खेल्ने

२०७६ वैशाख १५ गते १६:०२

काठमाण्डु, १५ वैशाख – नेपाली युवा स्टार सन्दीप लामिछाने आइपीएलमा विराट कोहलीको कप्तानीमा रहेको रोएल च्यालेन्जर्स विरुद्धको खेलका लागि दिल्ली क्यापिटल्सको पहिलो रोजाईमा परेका छन् । यसअघिका खेलाडी पहिलो रोजाईमा नपरेका सन्दीपले आइतवार हुने बैंगलोर विरुद्धको खेलमा प्लेइङ ११ मा स्थान बनाएका हुन् ।...

पहिलो पटक इन्डियन लिग खेल्न जाँदै सावित्रा र अनिता

२०७६ वैशाख १५ गते १५:२३

काठमाण्डु,१५ बैशाख – पहिलो पटक नेपाली महिलाले इन्डियन महिला लिग फुटबल प्रतियोगिता खेल्ने भएका छन् । नेपाली महिला फुटबल टोलीका सदस्यहरु सावित्रा भण्डारी र अनिता बस्नेतले पहिलो पटक इन्डियन महिला लिग फुटबल खेल्न लागेका हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले इन्डियन महिला लिग...

मलेसियालाई हराउँदै नेपालले जित्यो एसीसी यू–१६ को उपाधि

२०७६ वैशाख १५ गते १५:००

काठमाण्डु, १५ बैशाख – एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा मलेसियालाई हराउँदै नेपालले उपाधि जितेको छ । फाइनलमा मलेसियालाई ५९ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो । नेपालले प्रस्तुत गरेको १४१ रनको लक्ष्य पछ्याउने क्रममा मलेसियामा मात्र ८१ रनमा ३४.५ ओभरमा अलआउट बन्यो...

अन्तर्राष्ट्रिय ब्याडमिन्टनको रजत नेपालका प्रिन्सलाई

२०७६ वैशाख १५ गते १३:४१

काठमाण्डु, १५ बैशाख – नेपालका युवा खेलाडी प्रिन्स दाहालले अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा रजत पदक जितेका छन् । थाइल्याण्डको राजधानी बैंककमा आइतबार भएको ‘योनेक्स सिङ्गा–रोजा बिटिवाई अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’ मा प्रिन्सले ब्वाइज यू–१७ तर्फ रजत जितेका हुन् । फाइनलमा प्रिन्स भारतीय खेलाडी गान्धम प्रनव रावसँग...

एसीसी यू–१६ः नेपालले मलेसियालाई दियो १४१ रनको लक्ष्य, कसले चुम्ला उपाधि ?

२०७६ वैशाख १५ गते १२:०४

काठमाडौं, १५ बैशाख – नेपालले एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि मलेसिया समक्ष १४१ रनको लक्ष्य दिएको छ । थाइल्यान्डमा जारी फाइनल खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ३५ ओभरमा ९ विकेट गुमाएर १४० रन मात्रै बनाएपछि मलेसियाले सामान्य चुनौती पाएको...

एसीसी यू–१६ः नेपाल फाइनलमा प्रवेश

२०७६ वैशाख १४ गते १३:३८

काठमाण्डु, १४ वैशाख – थाइल्याण्डमा जारी एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपाल फाइनल प्रवेश गरेको छ । शनिबार भएको खेलमा हङकङलाई ४ विकेटले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो । थाइल्याण्डको चियाङमाईमा हङकङले दिएको ८७ रनको सामान्य लक्ष्य नेपालले २१ ओभर ४...

नेयमारमाथि युएइएफएले गर्यो यस्तो कारबाही

२०७६ वैशाख १४ गते १०:३५

एजेन्सी– फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)का स्टार नेइमारलाई युरोपियन फुटबल महासंघ (युएइएफए)ले तीन खेल प्रतिबन्धको कारबाही गरेको छ । युएइएफएले शुक्रबार राति नेइमारलाई प्रतिबन्धको कारबाही गरेको हो । प्रतिबन्धसँगै नेइमारले आगामी सिजनको च्याम्पियन्स लिगमा समूह चरणका सुरुवाती तीन खेल्न पाउने छैनन् । पीएसजी...

पौडीबाज गौरिकाले बनाइन् यस्तो किर्तिमान

२०७६ वैशाख ११ गते १७:००

नेपालगञ्ज, ११ वैशाख – ओलम्पियन पौडीबाज गौरिका सिंहले आठौं राष्ट्रिय खेलकुदमा १२ स्वर्ण जितेर कीर्तिमान बनाएकी छन् । उनले बुधबार चार स्वर्ण जितिन् । यससँगै आठौं राष्ट्रिय खेलकुदमा उनको स्वर्ण संख्या १२ पुगेको हो । गौरिकाले पहिलो र दोस्रो दिन २–२ स्वर्ण जितेकी थिइन्...

क्रिश गेलको विकेट लिएपछि सन्दीपले दिए यस्ताे प्रतिक्रिया

२०७६ वैशाख ८ गते १४:१५

काठमाण्डु, ८ वैशाख – नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले हरेकचोटी मौका पाउनासाथ आफूलाई प्रमाणित गर्नु पर्ने बताएका छन् । ‘म सधैं मेरो भूमिका पूरा गर्न चाहन्थें। हरेक पटक मौका पाउँदा मैले आफूलाई प्रमाणित गर्नुपर्छ,’ खेलपछि पत्रकार सम्मेलनमा बोल्दै सन्दीपले भने, ‘कहिलेकाहिँ प्लेइङ ११ मा...

युभेन्ट्सले ५ खेल अगावै जित्यो ‘सिरी ए’को उपाधि

२०७६ वैशाख ८ गते ११:०२

एजेन्सी । युभेन्ट्सले ५ खेल अगावै सिरी ए फुटबलको उपाधि जितेको छ । यो उसको लगातार आठौं पटकको उपाधि पनि हो । गएराति गृहमैदानमा फियोरेन्टिनालाई २–१ ले हराउँदै युभेन्टसले उपाधि कब्जा गरेको हो । ३३ खेलको समाप्तिमा युभेन्टस ८७ अंकमा शीर्ष स्थानमा छ भने...

सन्दीपलाई मैदानमा नल्याउँदा दिल्लीको लज्जास्पद हार

२०७६ वैशाख ६ गते १०:१०

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को बिहीबार राति भएको खेलमा दिल्ली क्यापिटल पराजित भएको छ । अवे मैदानमा पछिल्ला तीन खेल लगातार जितेको दिल्ली बिहीबार आफ्नै मैदानमा मुम्बई इन्डियन्ससँग ४० रनले पराजित भएको हो । दिल्लीको घरेलु मैदान फेरोज शाह कोट्लामा भएको खेलमा मुम्बईले...

नेपालको विश्वकप खेल्ने सपना अधुरै

२०७६ वैशाख ५ गते १३:०४

काठमाण्डु, ५ बैशाख – नेपालले २०२० को यू–१९ विश्वकप क्रिकेट गुमाएको छ । मलेसियामा बिहीबार सम्पन्न छनोट प्रतियोगितामा वर्षाले प्रभावित खेलमा यूएईसँग व्यहोरेको एक रनको हार नेपाललाई घातक बन्यो । प्रतियोगिताको अफ्नो अन्तिम खेलमा नेपालले कुवेतले दिएको १५८ रनको लक्ष्य पछ्याइरहेको छ । तर,...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us