एसीसी यू–१६ः नेपाल फाइनलमा प्रवेश

काठमाण्डु टुडे २०७६ वैशाख १४ गते १३:३८ मा प्रकाशित

काठमाण्डु, १४ वैशाख – थाइल्याण्डमा जारी एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपाल फाइनल प्रवेश गरेको छ । शनिबार भएको खेलमा हङकङलाई ४ विकेटले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो ।

थाइल्याण्डको चियाङमाईमा हङकङले दिएको ८७ रनको सामान्य लक्ष्य नेपालले २१ ओभर ४ बलमा ६ विकेट गुमाएर पुरा गर्यो ।

नेपालको जितमा आशिष भट्टराईले १७ रन बनाए । यस्तै रोहन दुदराज बिकले १४, कृष्ण कार्की १२, दिपक बोहोराले ११, सुवाष आएरले १० रन बनाए । हङकङका ब्रिज नरेन सिवपुरीले ३ तथा आहान खान्हाई त्रिबेदीले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकङ ३२ ओभर २ बलमा अलआउट हुँदै ८६ रनमा समेटिएको थियो । हङकङका लागि आरुश भगतले सर्वाधिक ४३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्ने सकेनन् ।

हङकङलाई सस्तैमा समेट्न निखिल कुमार सिंहले ४ विकेट हात पारे । यस्तै विशाल कुमार पटेल र रमेश कुर्मीले समान २र२ विकेट तथा तिलक राज भण्डारीले १ विकेट हात पारे ।

साविकको विजेता समेत रहेको नेपालले उपाधिका लागि सिंगापुर र मलेसियाबीच बिजेतासँग खेल्नेछ । अघिल्लो संकरणमा नेपालले सिंगापुरलाई ७१ रनले पराजित गर्दै उपाधि जितेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us