आज सन्दीपले विराट कोहलीविरुद्ध खेल्ने

काठमाण्डु टुडे २०७६ वैशाख १५ गते १६:०२ मा प्रकाशित

काठमाण्डु, १५ वैशाख – नेपाली युवा स्टार सन्दीप लामिछाने आइपीएलमा विराट कोहलीको कप्तानीमा रहेको रोएल च्यालेन्जर्स विरुद्धको खेलका लागि दिल्ली क्यापिटल्सको पहिलो रोजाईमा परेका छन् ।

यसअघिका खेलाडी पहिलो रोजाईमा नपरेका सन्दीपले आइतवार हुने बैंगलोर विरुद्धको खेलमा प्लेइङ ११ मा स्थान बनाएका हुन् । उनी विदेशी खेलाडीको कवटामा क्रिस मोरिसको स्थानमा टिममा परेका हुन् ।

उनले पछिल्लो खेल अप्रिल २० मा किंग्स ११ पञ्जाव विरुद्ध खेलेका थिए । उक्त खेलमा उनले ३ विकेट लिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us