खेलकुद

नेपालमा पब्जी खेल प्रतिबन्ध

२०७५ चैत २८ गते १६:१२

काठमाण्डु, २८ चैत – सरकारले पब्जी खेलमा प्रतिबन्ध लगाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबारदेखि पब्जीखेलमा प्रतिबन्ध लगाएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पब्जी खेलका कारण आत्महत्यासम्मको घटना हुन थालेपछि प्रतिबन्ध लगाउन निर्देशन दिएको बताए । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले पब्जी...

आठ औं राष्ट्रिय खेलकुदः आर्मी र प्रहरीको विजयी सुरुवात

२०७५ चैत २८ गते १२:१६

नेपालगञ्ज, २८ चैत – आठ औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बिहीबार भएको पहिलो हक्की खेलमा नेपाल प्रहरीले गण्डकी प्रदेशलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गरेको छ । मङ्गलप्रसाद माविको खेल मैदानमा बिहान सम्पन्न भएको खेलमा नेपाल प्रहरीका रोमण राणा एक्लैले ५ गोल गरेका हुन्...

आठौँ राष्ट्रिय खेलकुदः प्याराग्लाइडिङतर्फ ५५ खेलाडीको सहभागि

२०७५ चैत २५ गते १२:०७

बुटवल, २५ चैत – प्रदेश ५ का विभिन्न जिल्लामा आगामी वैशाख ५ देखि ११ सम्म हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङतर्फ ५५ खेलाडीको सहभागिता रहने भएको छ । आठौँ राष्ट्रिय खेलकुद प्रदेश ५ मा हुने भए पनि पूर्वाधार नभएकाले प्याराग्लाइडिङका खेल गण्डकी प्रदेशको राजधानी...

सन्दीपले लिए १ विकेट

२०७५ चैत २४ गते १७:४१

काठमाण्डु, २४ चैत्र – नेपाली लेग स्पिनर सन्दीप लामिछानेले भारतमा जारी आइपिएलको आजको खेलमा पनि विकेट लिएका छन् । रोयल च्यालेन्जर्स बैंग्लोरविरूद्धको खेलमा आइतबार सन्दीपले आफ्नो तेस्रो ओभरमा मोइन अलीलाई स्टम्प आउट पारेका हुन् । तीन ओभर बलिङ गरेका सन्दीपले २७ रन खर्चेका छन्...

आईपीएलमा सन्दीपको कमालः पार्थिव पटेल क्याच आउट

२०७५ चैत २४ गते १६:४१

काठमाण्डु, २४ चैत –इन्डियन प्रिमियर लिग(आईपीएल)को २०औँ खेलमा दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोर प्रतिस्पर्धा गरिरहेका छन् । बैंगलोरको १ किकेट गएको छ । १६ रनको अवस्थामा बैंगलोरको विकेट गएको हो । क्रिश मोरिसको बलमा पार्थिव पटेललाई सन्दीप लामिछानेले क्याच गरेर आउट गरेका हुन्...

स्थगित भएको मातृभूमी कपको खेल तालिका सार्वजनिक

२०७५ चैत २४ गते ११:४४

काठमाण्डु, २४ चैत – धुर्मुस–सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण सहयोगार्थ आयोजना गर्न लागिएको ‘मातृभूमी कप’ चैत ३० गतेलाई सरेको छ । चैत २३ गते शनिबार हुने भनिएको खेल खराव मौसमका कारण स्थगीत भएको थियो । धुर्मुस-सुन्तली...

दिल्लीले आज बैंगलोरसँग खेल्दै, सन्दीपले खेल्न सक्ने

२०७५ चैत २४ गते १०:५४

काठमाण्डु, २४ चैत्र – नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने आवद्ध रहेको दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंगलोरसँग खेल्दैछ । बैंगलोरको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार मध्यान्ह ४ः१५ मा सुरु हुनेछ । यसअघिका चार खेलमध्ये दुई...

भारतसँग नेपाल पराजित

२०७५ चैत २३ गते १६:५८

काठमाण्डु, २३ चैत्र – ओलम्पिक महिला छनोट फुटबलमा नेपाल भारतसँग पराजित भएको छ । शनिबार भएको खेलमा भारतले नेपालमाथि ३–१ गोल अन्तरको जित निकालेको हो । एक महिनाभित्र भारतसँग नेपालको यो दोस्रो हार हो । विराटनगरमा सम्पन्न साफ महिला फुटबलको फाइनलमा पनि नेपाल भारतसँगै...

एसिया छनोट खेल्न यू–१९ मलेसिया प्रस्थान

२०७५ चैत २३ गते १२:२५

काठमाण्डु, २३ चैत्र – आईसीसी यू–१९ विश्वकप एसिया छनोट प्रतियोगिता खेल्न नेपाली टिम आज (शनिबार) मलेसिया प्रस्थान गरेको छ । मलेसियामा बुधबारदेखि हुने प्रतियोगितामा जान लागेको टिमलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले विदाई गरे । रोहित कुमार पौडेलको कप्तानीमा रहेको नेपाली...

विश्वकप फुटसलमा नेपाल तीनवटै खेलमा पराजित

२०७५ चैत २२ गते १३:४८

अर्जेन्टिना, २२ चैत – अर्जेन्टिनामा जारी १२ औँ संस्करणको विश्वकप फुटसलमा नेपाल तीनवटै खेलमा पराजित भएको छ । समूह चरणको अन्तिम खेलमा बिहीबार राति नेपाल क्याटलोनियासँग ११–१ को भारी गोल अन्तरले पराजित भयो । नेपालका लागि एक मात्रै गोल सुजन बलामीले गरेका थिए ।...

फिफा विश्व वरियता सार्वजनिक, नेपाल कतिऔं स्थानमा ?

२०७५ चैत २१ गते १५:५९

काठमाण्डु, २१ चैत्र – विश्व फुटबल महासंघ (फिफा) ले सार्वजनिक गरेको विश्व वरियतामा नेपाल यथावत रहेको छ । फिफाले बिहीबार सार्वजनिक गरेका वरियतामा नेपाल पूरानै १६१ औं स्थान मै कायम रहेको हो । दक्षिण एसियामा भारतले दुई स्थान सुधार गर्दै १०१ औं स्थानमा पुग्दा...

एएफसी कप: आबाहनीसँग मनाङको लज्जास्पद हार

२०७५ चैत २० गते १७:१६

ललितपुर, २० चैत – एएफसी कपमा मनाङ मस्र्याङ्दी क्लब बंगलादेशको ढाका आबाहनी लिमिटेडसँग पराजित भएको छ । मनाङले बंगलादेशको आबाहनीबीच एएफसी कप अन्तर्गतको समूह चरणको खेलमा नेपाल १–० ले पराजित भएको हो । अबहानीको जितमा मासिह साइघानीले निर्णायक गोल गरे । खेलको २८औं मिनेटमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us