ललितपुर, २० चैत – एएफसी कपमा मनाङ मस्र्याङ्दी क्लब बंगलादेशको ढाका आबाहनी लिमिटेडसँग पराजित भएको छ ।
मनाङले बंगलादेशको आबाहनीबीच एएफसी कप अन्तर्गतको समूह चरणको खेलमा नेपाल १–० ले पराजित भएको हो । अबहानीको जितमा मासिह साइघानीले निर्णायक गोल गरे ।
खेलको २८औं मिनेटमा साइघानीले हेडर गोल गर्दै अबहानीलाई अग्रता दिलाए । उनले रुबेल मियाले दिएको क्रस पासमा गोल गर्न सफल भएका थिए । एक गोल खाएपछि मनाङले खेल आक्रमक खेले पनि गोल गर्न सकेन ।
जुन १९ मा मनाङले आबाहनीसँग उसकै मैदान बंगलादेशमा खेल्नेछ । अब मनाङले १७ अप्रिलमा चेनाइनसँग खेल्ने छ । यसको स्थान भने तय भएको छैन् । यसैगरी मे १ तारिखमा मिनर्भा पञ्जाबविरुद्ध कालिंगा रंगशालामा खेल्ने छ ।
त्यस्तै १५ मे मा मिनर्भासँग एन्फा मैदान, १९ जुनमा आबाहनी लिमिटेडसँग बंगबन्धु रंगशाला र २६ जुनमा चेन्नाइएनसँग एन्फा मैदानमा खेल्ने छ ।