काठमाण्डु, २४ चैत्र – नेपाली लेग स्पिनर सन्दीप लामिछानेले भारतमा जारी आइपिएलको आजको खेलमा पनि विकेट लिएका छन् ।
रोयल च्यालेन्जर्स बैंग्लोरविरूद्धको खेलमा आइतबार सन्दीपले आफ्नो तेस्रो ओभरमा मोइन अलीलाई स्टम्प आउट पारेका हुन् ।
तीन ओभर बलिङ गरेका सन्दीपले २७ रन खर्चेका छन् । आजको विकेटसँगै सन्दीपले जारी प्रतियोगितामा पाँचौ विकेट लिएका छन् ।