काठमाण्डु, २४ चैत –इन्डियन प्रिमियर लिग(आईपीएल)को २०औँ खेलमा दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोर प्रतिस्पर्धा गरिरहेका छन् । बैंगलोरको १ किकेट गएको छ ।
१६ रनको अवस्थामा बैंगलोरको विकेट गएको हो । क्रिश मोरिसको बलमा पार्थिव पटेललाई सन्दीप लामिछानेले क्याच गरेर आउट गरेका हुन् । पार्थिवलाई व्यक्तिगत ९ रनमा आउट गरिएको हो ।
नेपाली बलर सन्दीप पछिल्लो समय लगातार दिल्लीको प्लेइङ ११ मा परिरहेका छन् । उनले बलिङ र फिल्डिङ दुवैमा राम्रो प्रदर्शन गरिरहेका छन् ।