फिफा विश्व वरियता सार्वजनिक, नेपाल कतिऔं स्थानमा ?

काठमाण्डु टुडे २०७५ चैत २१ गते १५:५९ मा प्रकाशित

काठमाण्डु, २१ चैत्र – विश्व फुटबल महासंघ (फिफा) ले सार्वजनिक गरेको विश्व वरियतामा नेपाल यथावत रहेको छ ।

फिफाले बिहीबार सार्वजनिक गरेका वरियतामा नेपाल पूरानै १६१ औं स्थान मै कायम रहेको हो । दक्षिण एसियामा भारतले दुई स्थान सुधार गर्दै १०१ औं स्थानमा पुग्दा माल्दिभ्स भने एक स्थान उक्लिदै १५१ औं स्थानमा छ ।

भुटान १८६औं स्थानमा कायमै रहदा बंगलादेशले भने चार स्थान सुधार गर्दै १८८औं स्थानमा छ । त्यस्तै, पाकिस्तान २०० औं र श्रीलंका २०२ औं स्थानमा छ ।

शीर्ष स्थानमा भने बेल्जियम कायमै रहेको छ । दोस्रो स्थानमा विश्वविजेता फ्रान्स रहँदा ब्राजिल तेस्रो, इंगल्याण्ड चौथो र पाँचौ स्थानमा क्रोएसिया रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us