सन्दीप लामिछानेले किने नयाँ बाइक

काठमाण्डु टुडे २०७६ वैशाख ३१ गते १५:३३ मा प्रकाशित

काठमाण्डु, ३१ वैशाख – नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले महँगो मूल्य पर्ने स्पोर्ट्स बाईक किनेका छन् ।

भारतमा सम्पन्न १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट खेलेर हालै स्वदेश फर्किएका सन्दीपले विश्व चर्चित ब्राण्ड बिएमडब्लुको बाइक किनेका हुन् ।

दिल्ली क्यापिटल्सबाट दोस्रो सिजन आईपीएल खेलेका सन्दीपले बिएमडब्लु जी ३१० मोडलको बाइक किनेका हुन् । जसको मूल्य नेपाली ९ देखि १० लाख पर्ने गर्छ ।

सन्दीपले सामाजिक संजाल इन्स्ट्राग्राममा बाइकसगको तस्विर राख्दै परिवारमा नयाँ सदस्य थपिएको बताएका छन् ।

यस सिजन सन्दीपले ६ खेल खेल्दै ८ विकेट लिएका थिए । उनले आईपीएलको यो सिजनमा ५५ लाख रुपैयाँ पाउने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us