
एजेन्सी । अमेरिकाका युवा बास्केटबल टिमका एक जना प्रशिक्षकलाई यौन शोषणको आरोपमा १ सय ८० वर्ष जेल सजाय सुनाइएको छ ।
४३ वर्षका ग्रेग स्टेफनलाई चार सय जना केटालाई यौन शोषण गरेकामा अमेरिकाको एक अदालतले दोषी ठहर गर्दै सजाय सुनाएको हो । स्टेफनले १ सय ८० वर्षको सजाय बढी भएको भन्दै पुनरावेदन गर्ने बताएका छन् ।
स्टेफनका वकिलले उनी अब समाजका लागि खतरा नभएकाले २० वर्ष सजाय दिन माग गरेका थिए । तर, अदालतले उनलाई १ सय ८० वर्षको सजाय नै सुनायो ।
उनले युवाहरूलाई होटल तथा आफ्नो निवासमा बोलाएर यौन शोषण गर्नुका साथै त्यसको भिडियो बनाएका थिए । स्टेफनले १३ जना किशोरको यौनांग खेलाएको स्वीकार गरेका थिए ।
स्टेफनबाट पीडित एक किशोरले प्रहरीसमक्ष दिएको बयानमा स्टेफनको सम्बन्ध कलेजको फुटबल टिमसँग पनि भएकाले आफूले सबै सहनुपरेको बताएका छन् ।