खेलकुद

माफी नमागे मेस्सीलाई कडा कारवाही

२०७६ साउन १ गते ११:१३

एजेन्सि ,ब्राजिलमा सम्पन भएको कोपा अमेरिका कपको सेमिफाइनलमा ब्राजिलसगँ पराजित भएपछि मेस्सीले रेफ्रीलाई सहि निर्णय लिन नसकेको आरोप लगाएको भन्ने विषयमा गरेको अभिव्यतिलाई दक्षिण अमेरिकाको फुटबल संस्था कन्मेबलले मेस्सीलाई माफी माग्न निर्देशन दिएको छ । अर्जेन्टिनाको खेलकुद अदालतले पनि कप्तान लियोनेल मेस्सीलाई माफी माग्न...

अल्जेरिया र सेनेगल फाइनलमा

२०७६ असार ३० गते १६:०४

एजेन्सि-इजिप्टमा जारी अफ्रिका कप अफ नेसन्स फुटबलको फाइनलमा अल्जेरिया र सेनेगल प्रवेश गरेका छन् । आइतबार राति भएको खेलमा अल्जेरियाले नाइजेरियालाई २–१ ,र सेनेगलले ट्युनिसियालाई १–० गोलले पराजित गर्दै उपाधि नजिक पुगेको हो । अल्जेरियाको जितमा रियाद महारेजले इन्जुरी समयमा फ्रिकिक मार्फत निर्णायक गोल...

वर्षकै सर्वोत्कृष्ट खेलाडी :विलियमसन

२०७६ असार ३० गते १२:३९

    एजेन्सी, आइसिसी क्रिकेट विश्वकप २०१९ को सर्वोत्कृष्ट खेलाडी न्युजल्यान्डका कप्तान केन विलियमसन घोषित भएका छन् ।उनले सबैभन्दा बढी रन बनाएका र विकेट लिएका थिए । विलियमसन प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीको चौथो स्थानमा रहे। उनले ५७८ रन जोडे। उनले ९ इनिङ ब्याटिङ...

इतिहासकै अनौठो विश्वकप : अनौठो नियम लगाएर इंग्ल्याण्ड विजयी

२०७६ असार ३० गते ११:३४

काठमाण्डु, ३० असार- यो पटकको विश्वकप क्रिकेट इतिहासकै अनौठो भएको छ । निकै रोमाञ्चक प्रतिस्पर्धामामा न्यूजिल्याण्ड र इंग्ल्याण्डबीच रन र विकेटमा हारजित भएन । किनकी दुबै टोलीले खेल बराबरी गर्यो । तर आईसीसीले नयाँ नियम लगाएर आयोजक इंग्ल्याण्डलाई विजयी घोषणा गरिदियो । योसँगै इंग्ल्याण्डले...

मलेसिया विरुद्धको दोस्रो खेलमा नेपाल सात रनले विजयी

२०७६ असार २९ गते १६:०७

  काठमाण्डु, २९ -असार आइसिसी टी–ट्वान्टी विश्वकप एशिया छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले आइतबारको मलेसिया विरुद्धको दोस्रो खेलमा सात रनले विजयी भएको छ । मलेसियाले सात विकेट गुमाएर पुरै ओभरमा १६७ रन मात्र बनाउन सफल भएको थियो । शुरुमा टस जितेर नेपालले शानदार...

मेस्सीसँग खेल्न पाउनु भाग्यः ग्रिजम्यान

२०७६ असार २९ गते १५:४३

एजेन्सि, शनिबार राति नोउ क्याम्पमा आयोजित विशेष समारोहबीच बार्सिलोनाले एन्टोइन ग्रिजम्यानलाई औपचारिक रुपमा सार्वजनिक गरेको हो । बार्सिलोनाले शुक्रबार मात्र एट्लेटिको म्याड्रिडलाई आवश्यक रकम तिरेर ग्रिजम्यानसँग पाँच वर्षको अनुबन्धन सम्झौता गरेको थियो । ग्रिजम्यानलाई बार्सिलोनाले एक सय आठ मिलियन पाउन्डमा अनुबन्ध गरेको हो ।...

नेपालद्वारा ऐतिहासिक सिरिज क्लिन स्विप’

२०७६ असार २९ गते १२:०७

काठमाण्डु, २९ असार- नेपालले मलेसियाविरुद्वको दुई म्याचको टी-ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । दोस्रो खेलमा मलेसियालाई ६ रनले हराउँदै नेपालले सिरिज क्लिन स्विप गरेको हो । १ सय ७४ रनको लक्ष्य पछ्याएको मलेसियाले ७ विकेट गुमाएर १ सय ६७ रनमात्र बनाउन सक्यो ।...

टी-ट्वान्टी सिरिजअन्तर्गत पहिलो खेलमा मलेसियाविरुद्ध नेपाल विजयी

२०७६ असार २८ गते ११:४६

काठमाण्डु, २८ असार– टी-ट्वान्टी सिरिजअन्तर्गत मलेसियाविरुद्धको पहिलो खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको छ । १२९ रनको लक्ष्य नेपालले १८ ओभर ३ बलमा ३ विकेटको क्षतिमा भेटायो । नेपालको जितमा पारस खड्काले अर्धशतक बनाए । ५० बल सामना गरेका उनले ८ चौका र ५...

१५ बर्षपछि ट्युनिसिया सेमिफाइनलमा

२०७६ असार २७ गते १५:११

एजेन्सि, क्वाटरफाइनलको अन्तिम खेलमा ट्युनिसिया विजयी भएसँगै अफ्रिकन कप अफ द नेसन सेमिफाइनल चरणमा पुगेको छ। बिहीबार राति ट्युनिसियाले माडागास्करलाई ३–० गोल अन्तरले पराजित गर्दै १५ बर्षपछि ट्युनिसिया सेमिफाइनल प्रवेश गर्न सफल भयो। सेमिफाइनलमा अब ट्युनिसियाले सेनेगलसँग  र नाइजेरियाले अल्जेरियासँग प्रतिस्पर्धा गर्नेछ। खेलको दोस्रो...

नेपालकै पहिलो प्रदेश खेलकुद सदस्य सचिव भए सूर्य भण्डारी

२०७६ असार २४ गते १७:३८

हेटौंडा, २४ असार– नेपालकै पहिलो प्रदेश खेलकुद विकास परिषदको सदस्यसचिवको रुपमा सूर्य भण्डारी नियुक्त भएका छन् । प्रदेश ३ सरकारले भण्डारीलाई प्रदेश खेलकुद विकास परिषदको सदस्यसचिवमा नियुक्त गरेको हो । मंगलबार हेटौंडामा एक कार्यक्रमको आयोजना गरी प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले सदस्यसचिव...

इस्टर्न रिजन क्रिकेटमा नेपाल ६ विकेटले विजयी

२०७६ असार २४ गते १३:३१

काठमाण्डु, २४ असार- एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेटको फाइनल खेलमा नेपाल ६ विकेटले विजयी भएको छ । मलेसियामा जारी खेलमा हङकङले दिएको ९६ रनको सामान्य लक्ष्य नेपालले १६ ओभर १ बलमा ४ विकेट गुमाएर भेट्टायो । नेपालका लागि रित गुरुङ १३, पवन सराफ ३९,...

उपाधि नजिक नेपाल, ९५ रनमै समेटियो हङकहङ

२०७६ असार २४ गते ११:२१

काठमाण्डु, २४ असार- मलेसियामा जारी एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा हकङकले ९६ रनको लक्ष्य मलेसियाको किनरारा ओभल मैदानमा टस हारेर ब्याटिङको मौका पाएका हङकङले ४३।१ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ९५ रन बनायो । उसका लागि अदित गोरोवाराले सर्बाधिक २४ रन बनाउनुबोहेक अन्यले सन्तोषजनक...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us