एजेन्सि, क्वाटरफाइनलको अन्तिम खेलमा ट्युनिसिया विजयी भएसँगै अफ्रिकन कप अफ द नेसन सेमिफाइनल चरणमा पुगेको छ।
बिहीबार राति ट्युनिसियाले माडागास्करलाई ३–० गोल अन्तरले पराजित गर्दै १५ बर्षपछि ट्युनिसिया सेमिफाइनल प्रवेश गर्न सफल भयो। सेमिफाइनलमा अब ट्युनिसियाले सेनेगलसँग र नाइजेरियाले अल्जेरियासँग प्रतिस्पर्धा गर्नेछ।
खेलको दोस्रो हाफमा ५२औं, ६० औं र खेलको अतिरिक्त समयमा गोल गर्दै ट्युनिसियाले माडागास्करलाई ३–० ले पराजित गर्यो। त्यस्तै अर्को खेलमा सेनेगलले बेनिनलाई १–० नाइजेरियाले दक्षिण अफ्रिकालाई २–१ गोलअन्तरले पराजित गर्दा अल्जेरियाले आईभेरीकोष्टलाई पेनाल्टीमा हराउँदै सेमिफाइनलको यात्रा तय गर्यो।