
काठमाण्डु, २४ असार- मलेसियामा जारी एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा हकङकले ९६ रनको लक्ष्य मलेसियाको किनरारा ओभल मैदानमा टस हारेर ब्याटिङको मौका पाएका हङकङले ४३।१ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ९५ रन बनायो । उसका लागि अदित गोरोवाराले सर्बाधिक २४ रन बनाउनुबोहेक अन्यले सन्तोषजनक प्रदर्शन गर्न सकेनन् । बलिङमा नेपालका सागर ढकालले ५, कमलसिंह ऐरीले ३, कुसल मल्ल र तिलकसिंह भण्डारीले एकएक विकेट लिए ।
श्रीलंकामा हुने एसीसी यू-१९ एसिया कपको एउटा स्थानका लागि नेपाल र हङकङबीचको विजेताले ठाउँ पाउने छ । नेपाली टिमले फाइनलका लागि सेमिफाइनलकै टिम मैदान उतारेको छ । मंगलबार पनि विशालविक्रम केसी, प्रतिश जीसी र लोकेश बमलाई विश्राम दिइएको छ । यस्तै कमलसिंह ऐरी र राशिद खान पनि खेल्दैछन् ।