मेस्सीसँग खेल्न पाउनु भाग्यः ग्रिजम्यान

काठमाण्डु टुडे २०७६ असार २९ गते १५:४३ मा प्रकाशित

एजेन्सि, शनिबार राति नोउ क्याम्पमा आयोजित विशेष समारोहबीच बार्सिलोनाले एन्टोइन ग्रिजम्यानलाई औपचारिक रुपमा सार्वजनिक गरेको हो ।

बार्सिलोनाले शुक्रबार मात्र एट्लेटिको म्याड्रिडलाई आवश्यक रकम तिरेर ग्रिजम्यानसँग पाँच वर्षको अनुबन्धन सम्झौता गरेको थियो । ग्रिजम्यानलाई बार्सिलोनाले एक सय आठ मिलियन पाउन्डमा अनुबन्ध गरेको हो ।
बार्सिलोनाले ग्रिजम्यानलाई नोउ क्याम्पमा सार्वजनिक गर्दा हजारौं समर्थको भिड लागेको थियो ।

सार्वजनिक कार्यक्रममा ग्रिजम्यानले बार्सिलोनाबाट खेल्ने आफ्नो इच्छा पूरा भएको बताए । उनले आधुनिक फुटबलका हस्ती लियोनेल मेस्सीसँग खेल्न पाउँदा आफू भाग्यमानी भएको पनि बताए

‘म धेरै खुशी र उत्साहित छु । यहाँ नयाँ साथी र टिमसँगै रहेर क्लबको लागि सकेको त्याग गर्नेछु । नयाँ क्लबमा मलाई चुनौती पनि छ । तर त्यो चुनौतीको सामना गर्न म तयार छु,’ ग्रिजम्यानले भने । उनले बार्सिलोनालाई ला लिगा, कोपा डेल रे र च्याम्पियन्स लिग जिताउन आफु समर्पित हुने पनि बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us