समाचार

प्रियजनको पर्खाइमा बिते बाह्र वर्ष

२०७२ भदौ १३ गते १३:३४

बागलुङ, १३ भदौ-बाह्र वर्षदेखि सरस्वती विकका आँखा ओभाएका छैनन्, नत मनमा चैन छ । बेपत्ता छोरीको खोजीमा भौँतारिरहेकी विकले न छोरी पाउन सकेकी छन्, न त न्याय नै । छोरीको कुरा गर्ने बित्तिकै भक्कानो फुटेर आउँछ, उनको । सशस्त्र युद्धका बेला तत्कालीन राज्य पक्षबाट...

चितवनमा थारु कल्याणकारिणीसभाले आव्हान गरेको बन्दमा झडप

२०७२ भदौ १३ गते १३:१९

चितवन, १३ भदौ-थारु कल्याणकारिणीसभा चितवनले आह्वान गरेको बन्दमा आइतबार नारायणगढका व्यवसायीले बजार खुल्न दबाब दिएपछि दुई पक्षबीच झडप भएको छ । सो क्रममा नौ जना घाइते भएका छन् ।   वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक सत्यनारायण थापा सामान्य घाइते भएको चितवनका प्रहरी प्रमुख...

भट्टराईले भने, ‘सातभन्दा बढी प्रदेश बनाउनु हुँदैन’

२०७२ भदौ १३ गते १३:१२

काठमाण्डु, १३ भदौ-नेकपा एमालेका सचिव योगेश भट्टराईले अब सात प्रदेशबाट माथि नजाने अडानमा रहनुपर्ने धारणा राखेका छन् ।   एमाले केन्द्रीय प्रचार विभागद्वारा आइतबार आयोजित सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा सचिव भट्टराईले एमालेको भदौ ९ गतेको स्थायी कमिटीको बैठकले अब प्रदेशका सङ्ख्या बढाउन नहुनेमा जोड दिएको...

टीकापुर घटनाका दोषीलाई कारवाही हुन्छः कोइराला

२०७२ भदौ १३ गते १२:५२

काठमाण्डु, १३ भदौ– प्रधानमन्त्री सुशील कोइरालाले कैलालीको टीकापुर घटनाका दोषीलाई कारवाही गरेर पीडितलाई न्याय दिलाउने प्रतिवद्धता जनाएका छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा कैलालीको टीकापुर घटनामा गोली लागेर मृत्यु भएका १८ महिने बालक टेकबहादुर साउदका परिवारसँगको भेटमा प्रधानमन्त्री कोइरालाले मृतक बालकका परिवारलाई क्षतिपूर्ति दिलाउन...

थारु आन्दोलनका नाइके चौधरीलाई कारवाही गर्ने सरकारी तयारी

२०७२ भदौ १३ गते १२:३५

काठमाण्डु, १३ भदौ– सामान्य प्रशासन मन्त्रालयले निजामती ऐन विपरीत गतिविधि गरेको भन्दै सडक डिभिजन कार्यालय बुटवलका इन्जिनियर धनीराम चौधरीलाई कारवाही गर्ने तयारी गरेको छ । निजामती ऐन विपरीत टे«ड युनियन बाहेकका संस्थामार्फत राजनीति गरेको र सरकार विरोधी आन्दोलनको नेतृत्व गरेको भन्दै चौधरीलाई स्पष्टिकरण सोध्ने...

कलाकारको गाईजात्रे शुभकामना, शान्ति र संविधान

२०७२ भदौ १३ गते ११:४५

काठमाण्डु, १३ भदौ – हास्य व्यंग्य कलाकारहरुले गाईजात्राको अवसरमा शुभकामना दिदै मुलुकमा संविधान र स्थायी शान्तिको कामना गरेका छन् । आइतबार रिपोर्टर्स क्लबले गाईजात्राको अवसरमा गरेको साक्षात्कारमा उनीहरुले विभिन्न नेताहरुको क्यारिकेचर, कविता र टुक्का भन्दै स्थायी शान्तिको कामना गरेका हुन् । कार्यक्रममा कलाकार दिपकराज...

गुगल ब्याई आदित्यले रातो अक्षरमा लेखे, ‘टीकापुर नरसंहार पर्दा पछाडिको खेल’

२०७२ भदौ १३ गते ११:१५

क्यालिफोर्निया- उपचारका लागि अमेरिकामा रहेका गुगल ब्वाई आदित्य दाहालले कैलालीको टीकापुरमा गत साता भएको नरसंहारलाई ‘पर्दा पछाडिको खेल’ को संज्ञा दिएका छन् । क्यालिफोर्नियास्थित स्ट्याण्डफोर्ड अस्पतालमा उपचार गराइरहेका उनले रातो अक्षरमा उक्त घटनालाई ‘पर्दा पछाडिबाट बनोबल दिने काम भएको’ भनी लेखेका छन् । यद्यपि पर्दा...

आइतबार भूकम्पका दुई धक्का

२०७२ भदौ १३ गते १०:४७

काठमाण्डु, १३ भदौ– आइतबार बिहान धादिङ र दोलखामा ‘गोरखा भूकम्प’का दुई परकम्प गएका छन् । बिहान ३ बजेर ९ मिनेट जाँदा धादिङको नीलकण्ठ नगरपालिका आसपास केन्द्रबिन्दु भएको ४.३ रिक्टर स्केल र ८ बजेर २६ मिनेट जाँदा दोलखाको जुगु आसपास केन्द्रबिन्दु भएको ४.१ रिक्टर स्केलको...

गोविन्दले केसीले बाबुरामका कुरा सुने, तर बोलेनन्

२०७२ भदौ १३ गते १०:३९

काठमाण्डु, १३ भदौ– एकीकृत माओवादी वरिष्ठ नेता डा. बाबुराम भट्टराईले स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै छैटौंपटक आमरण अनसन बसेका त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका प्राध्यापाक डा. गोविन्द केसीको मागप्रति ऐक्यबद्धता जनाएका छन् । आइतबार अनसनस्थल त्रिवि शिक्षण अस्पताल परिसरमा पुगेर भट्टराईले डा. केसीलाई भेटेका हुन्...

यी हुन् ‘बोको हराम’ स्टाइलमा टीकापुरमा प्रहरी मार्ने रेशम

२०७२ भदौ १३ गते १०:१७

काठमाण्डु, १३ भदौ– कैलालीको टीकापुरमा गत ७ भदौमा भएको नरसंहारका दोषीमाथि कारबाही गर्न सरकारमाथि चौतर्फी दबाब छ । जुलुसमा सहभागी २० औं हजारमध्ये कसलाई दोषी किटान गर्ने र कसरी कारबाही गर्ने भन्ने समस्याले गृह प्रशासन अप्ठेरोमा परेको छ । कतिपयले थरुहट आन्दोलनको नेतृत्व गर्ने नेता र...

च्याउखेतीबाट जीविकोपार्जन गर्दै बाँकेका विपन्न महिला

२०७२ भदौ १३ गते ८:५७

  बाँके,१३ भदौ –बाँकेका विपन्न समुदायका महिला च्याउखेती व्यवसायबाट जीविकोपार्जन गरिरहेका छन् । सीमान्तकृत समुदायमा सूचीकृत केवट समुदायका महिलाले पछिल्लो समय च्याउ खेतीबाट साँझ/बिहानको जोहो मात्र हैन आप्mना छोराछोरीलाई विद्यालय पढाउनेसम्मको खर्च जुटाउँदै आएका छन् । जिल्ला कृषि विकास कार्यालय र अन्य सङ्घसंस्थाले आयआर्जनका...

२०८ चेलीको उद्धार

२०७२ भदौ १३ गते ८:४४

भद्रपुर, १२ भदौ –माइती नेपाल कांकरभिट्टा झापाले सन् २०१५ को छ महिनाकै अवधिमा २०८ चेलीलाई उद्धार गरेको छ । शनिबार सार्वजनिक गरिएको वार्षिक प्रगति विवरणअनुसार सन् २०१४ मा एक वर्षको अवधिमा कांकरभिट्टा नाकाबाट २५० चेलीलाई उद्धार गरी १५ हजार ६५० लाई जाँच गरिएको थियो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us