समाचार

‘यो देश छ र त हामी छौँ…’

२०७२ भदौ १२ गते १५:३०

ललितपुर, १२ भदौ-हरेक शनिबार आयोजना हुने वाग्मती सफाइ अभियानअन्तर्गत शनिबार पनि यसका संयोजक मुख्य सचिव सोमलाल सुवेदीको सक्रियतामा ललितपुर सानेपाको मनमोहन पार्क नजिकै नदी किनारमा करिब दुई ट्रक फोहर सङ्कलन गरी तह लगाउने कार्य गरियो ।   वाग्मती सभ्यता एकीकृत विकास समिति, गायत्री परिवार,...

रसुवाको गोसाइँकुण्ड मेला सकियो

२०७२ भदौ १२ गते १४:३८

रसुवा, १२ भदौ-जनैपूर्णिमाको अवसरमा रसुवा जिल्लामा अवस्थित गोसाइँकुण्ड तीर्थस्थलमा लाग्ने मेला सम्पन्न भएको छ ।   गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष संजीव डिएमका अनुसार यस वर्षको मेला भर्न एक हजार भक्तजन आएको अनुमान गरिएको छ ।   पाँच हजार भक्तजन गोसाइँकुण्ड पुग्ने अनुमान गरिए...

भूकम्पपछि गोरखामा छत्तीस विद्यालय गाभिए

२०७२ भदौ १२ गते १४:०७

गोरखाबजार, १२ भदौ-हालै गएको भूकम्पपछि गोरखाका ३६ विद्यालय अन्य छिमेकी विद्यालयमा गाभिएका छन् । विद्यार्थी सङ्ख्या कम भएका विद्यालयलाई धेरै विद्यार्थी भएको छिमेकी विद्यालयमा गाभिएको छ ।   साथै शिक्षकलाई पनि छिमेकी विद्यालयमा सरुवा गरिएको जिल्ला शिक्षा अधिकारी हरिप्रसाद अर्यालले बताए ।   ‘विद्यार्थी...

दलितका मागलाई चार दलको शीर्ष बैठकमा राख्छुः प्रधानमन्त्री

२०७२ भदौ १२ गते १३:५८

काठमाण्डु, १२ भदौ-प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माण प्रक्रिया अन्तिम चरणमा पुगिसकेको भन्दै अहिलेको अवस्थामा आन्दोलनभन्दा पनि सहमति आवश्यक भएकामा जोड दिएका छन् ।   नयाँ संविधानमा दलित–दलितबीच प्रतिस्पर्धा हुने छुट्टै निर्वाचन क्षेत्र तोकिनुपर्ने व्यवस्था हुनुपर्नेलगायतका माग गरी आन्दोलन गर्दै आएका दलित आन्दोलनका अगुवासँग शनिबार...

ललितपुरको कुम्भेश्वर मेलामा दर्शनार्थीको घुइँचो

२०७२ भदौ १२ गते १३:२९

ललितपुर, १२ भदौ-शनिबार बिहानैदेखि ललितपुरको बङ्गलामुखीस्थित कुम्भेश्वरमा हजारौँ दर्शनार्थी मेला भर्न लामबद्ध भएका छन् ।   जनैपूर्णिमाको दिन सो स्थानमा मेला भर्न स्थानीय पाटनवासी, चापागाउँ, हरिसिद्धि, ठैव, धापाखेल, सुनाकोठी, बुङ्मती, खोकना, गोदावरीलगायत उपत्यकाका विभिन्न स्थानबाट दर्शनार्थीको भीड लाग्ने गरेको छ । मेला भर्न गएका...

टिकापुरमा प्रहरीलाई पानी दिएको रिसमा डेढ वर्षे बालकको हत्या गरिएको खुलासा !

२०७२ भदौ १२ गते १३:१९

कैलाली, १२ भदौ- मेरो डेढ वर्षको अबोध बालकको के दोष, किन मार्नुपरेको होला सर ?  टीकापुरमा गत सोमबार भएको घटनामा मृत्यु भएका बालक टेकबहादुरकी आमा यशोदा साउद सबैसँग यसरी नै प्रश्न गरिरहन्छिन् ।   गहभरि आँसु निकाल्दै उनले माग गरिन्, समाज र संसारका बारेमा...

प्रधानमन्त्रीसहित शीर्ष नेतालाई कारवाही गर्छौः लेखी

२०७२ भदौ १२ गते १३:०८

सुनसरी, १२ भदौ– थारु कल्याणकारी सभाका पूर्व अध्यक्ष राजकुमार लेखीले प्रधानमन्त्री सुशिल कोइराला लगायतका प्रमुख दलका शीर्ष नेताहरुलाई भौतिक कार्वाही गर्ने चेतावनी दिएका छन् । शनिबार सुनसरीमा पत्रकार सम्मेलन गरेर पूर्व अध्यक्ष लेखीले अधिकार प्राप्तीको थारुहरुको आन्दोलन दबाउन प्रधानमन्त्री कोइराला एमाले अध्यक्ष केपी ओली,...

भ्यागुताको पूजा गरी भोजन खुवाइयो

२०७२ भदौ १२ गते १२:३६

भक्तपुर, १२ भदौ – जनैपूर्णिमाको अवसरमा भक्तपुरका किसानले खेतखेतमा गएर भ्यागुताको पूजा गरी भ्यागुतालार्ई भात खुवाएका छन् । वर्षा गराउने दूत तथ प्राकृतिक देवताका रूपमा मानेर कृषकले भ्यागुतालाई विभिन्न परिकारका भोजन खुवाई यो परम्परा मनाइँदै आएको छ । भ्यागुतालाई भोजन गराउने यहाँको प्रचलनलाई स्थानीय...

भिरबाट लडेर मृत्यु

२०७२ भदौ १२ गते १२:२५

इलाम, १२ भदौ । इलामको शान्तिडाँडामा भिरबाट लडेर एक जनाको शुक्रबार राति मृत्यु भएको छ । साङरुम्बा –७ घर भएका ४८ वर्षीय कमलबहादुर राई शान्तिडाँडा–३ स्थित आफन्तको घर पुगेर फर्कने क्रममा राति ११ बजे भिरबाट लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलबारेले जनाएको छ...

बनेपाको गोसाइँकुण्डमा मेला भर्नेको भीड

२०७२ भदौ १२ गते १२:१९

बनेपा, १२ भदौ – काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–११ स्थित गोसाइँकुण्डमा आज बिहानदेखि जनैपूर्णिमा मेला लागेको छ । मेलामा रक्षाबन्धन गर्ने भक्तजन र तागाधारीले जनै फेर्न भीड लागेको हो । वर्षौंदेखि जैनपूर्णिमाका दिन मेला लाग्दै आएको सो स्थानमा भगवान शिवले एकरात बिताएको र त्यहाँ गएर...

कोरला नाका खुलाउन कूटनीतिक पहल

२०७२ भदौ १२ गते १२:१४

मुस्ताङ, १२ भदौ – लामो समयदेखि बन्द रहेको मुस्ताङको कोरला नाका खोल्न कूटनीटिक पहल थालिएको छ । नेपाल र चीनबीच व्यापारिक दृष्टिकोणले सबैभन्दा नजिक र उत्तम मानिएको कोरला नाका खोल्न जिल्लाका सभासद र सरोकारवाला पक्षले पहल थालेका हुन् । यही नाकामार्फत हुने कारोबारलाई व्यवस्थित...

विद्यालय सञ्चालन गर्न तरकारी खेती

२०७२ भदौ १२ गते ११:५२

खोटाङ, १२ भदौ – आम्दानीको स्रोत नभएपछि खोटाङका एक विद्यालयले व्यावसायिक तरकारीखेती सुरु गरेको छ । नेर्पा–८ स्थित जनता निमावि सञ्चालनका लागि आम्दानीको कुनै स्रोत नभएपछि व्यावसायिक तरकारीखेती सुरु गरिएको हो । आर्थिक अभावमा विद्यालय सञ्चालन गर्न कठिन भएपछि तरकारीखेती सुरु गरिएको प्रधानाध्यापक झमप्रसाद...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us