प्रधानमन्त्रीसहित शीर्ष नेतालाई कारवाही गर्छौः लेखी

काठमाण्डु टुडे २०७२ भदौ १२ गते १३:०८ मा प्रकाशित

Rajkumar Lekhi
सुनसरी, १२ भदौ– थारु कल्याणकारी सभाका पूर्व अध्यक्ष राजकुमार लेखीले प्रधानमन्त्री सुशिल कोइराला लगायतका प्रमुख दलका शीर्ष नेताहरुलाई भौतिक कार्वाही गर्ने चेतावनी दिएका छन् ।

शनिबार सुनसरीमा पत्रकार सम्मेलन गरेर पूर्व अध्यक्ष लेखीले अधिकार प्राप्तीको थारुहरुको आन्दोलन दबाउन प्रधानमन्त्री कोइराला एमाले अध्यक्ष केपी ओली, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लागि परेकाले उनीहरु थारुहटमा प्रबेश गरे भौतिक कारवाही गर्ने चेतावनी दिएका छन् ।

उनले कैलाली घटनाका मुख्य दोषी प्रधानमन्त्री कोइराला, एमाले अध्यक्ष केपी ओली, एकीकृत नेकपा माओवादीका नेताहरु प्रचण्ड, बाबुराम भट्टराई, लेखराज भट्ट, नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा र एमाले उपाध्यक्ष भिम रावल भएको आरोप लगाएक छन् ।

लेखीले नेताहरुलाई तराई र थरुवट आएको बेला भौतिक कार्वाही गर्ने चेतावनी दिएका हुन् ।

देशभर अधिकार प्राप्तिका लागि भइरहेको थारुहरुको आन्दोलनमा धेरै कमजोरी भएको पनि लेखीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us