कलाकारको गाईजात्रे शुभकामना, शान्ति र संविधान

काठमाण्डु टुडे २०७२ भदौ १३ गते ११:४५ मा प्रकाशित

OO
काठमाण्डु, १३ भदौ – हास्य व्यंग्य कलाकारहरुले गाईजात्राको अवसरमा शुभकामना दिदै मुलुकमा संविधान र स्थायी शान्तिको कामना गरेका छन् ।

आइतबार रिपोर्टर्स क्लबले गाईजात्राको अवसरमा गरेको साक्षात्कारमा उनीहरुले विभिन्न नेताहरुको क्यारिकेचर, कविता र टुक्का भन्दै स्थायी शान्तिको कामना गरेका हुन् ।

कार्यक्रममा कलाकार दिपकराज गिरीले मुलुकमा कायम रहेको हत्या हिंसाको राजनीतिक अत्य भई नेपाली जनताले शान्तिपूर्ण बातावरणमा बाच्न पाउन भन्ने कामना गरे ।

साक्षात्कारमा उनले राष्ट्रलाई दुख परेको बेला खुसी मनाउन नसकेपछि पीडामाथि मनोरञ्जनको मल्हम लगाउनु पर्ने आवश्यकता भएको पीडामा खुसी खोज्न आफूहरु लागि परहेको बताए ।

कलाकार मनोज गजुरेलले मधेसी दलहरुले आन्दोलनमा मारिनेलाई ५० लाख दिने भनि गरेको घोषणा प्रति व्यंग्य गर्दै आज नगद कल उधार भनेर जनताले भन्नु पर्ने बताए ।

उनले ५० लाख रुपैयाँ र जनताको ज्यान कसैको मुख्य मन्त्री बन्ने सिढी नबनोस भन्ने कामना गरे ।

कलाकार सिताराम कट्टेलले देश रुएको बेला हसाउनु उपयुक्त नलागे पनि देशलाई दुखबाट बाहिर निकाल्न हसाउनु पर्ने बाध्यता भएको भन्दै अब मुलुक राजनीतिमा मात्र केन्द्रीत नभई संविधान र शान्तिपूर्ण बाच्ने बातावरण बनोस भन्ने कामना गरे ।

उनले देशको पछिल्लो अवस्था, राजनीति दलहरुको गतिविधी, भारतीय हस्तक्षेप र क्लबका अध्यक्ष ऋषि धमलाको प्रस्तुती शैली प्रति ब्यङग्य गर्दै काग्रेस बरिष्ठ नेता शेरबहादुर देउवा, हरिबंश आचार्य, केपी ओली, रामचन्द्र पौडेलको क्यारिकेचर गरे ।

कलाकार दिपाश्री निरौलाले देश रोएको बेला हाँस्न नसकिने भन्दै रोपाईमा नजानु होला कृषि मन्त्रीले समाउला भन्ने प्यारोडी प्रस्तुत गरिन ।

उनले भाग्य भन्दा पहिला कोही नभेटिने भनि धमलाले विवाह कहिले गर्नु हुन्छ भनि गरेको प्रश्नको जवाफ दिईन ।

यस्तै शिवहरी पौडेलले देशलाई सकारात्मक ढंगले अगाडि बढाउनु पर्ने आवश्यकता औल्याउँदै आफूहरुल वर्षमा एक दिन नेताहरुलाई व्यंग्य गरे पनि नेताहरुले वर्षै भरी नेपाली जनतालाई व्यंग्य गर्ने गरेको बताए ।

उनले तपाई मलाई च्यानल दिनु म तपाईलाई ऋषि धमला दिन्छु भन्ने ब्यंग्यात्मक प्यारोडी प्रस्तुत प्रस्तुत गरे ।

कलाकार राजाराम पौडेलले सबैको धर्म राम्रो हुने उल्लेख गर्दै कसैको धर्म राम्रो भए किन खर्च गरेर प्रचार प्रसार गर्नुपर्ने भनि धर्म परिवर्तन प्रति व्यंग्य गरे ।

कलाकार किरण केसीले समस्या पुरानै छ, गोली बारुद नयाँ नया छ भन्ने प्यारोडी प्रस्तुत गर्दै धमलाको हमला कार्यक्रम र राजनीति प्रति व्यंग्य गरे ।

देवी राम पराजुलीले मुलुकमा बढ्दो जातीय, धार्मि युद्ध प्रति सचेत हुन आग्रह गर्दै नेपालमा शान्ति स्थापना होस भन्ने सन्देश सुनाए ।

कलाकार शिवशंकर रिजालले राजनीतिक भ्रष्टाचारको गित प्रस्तुत गरेका थिए । श्रीकृष्ण सिंखडाले प्रधानमन्त्री, एमाओवादी अध्यक्ष र कांग्रेस वरिष्ठ नेताको क्यारिकेचर गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us