गोविन्दले केसीले बाबुरामका कुरा सुने, तर बोलेनन्

काठमाण्डु टुडे २०७२ भदौ १३ गते १०:३९ मा प्रकाशित

काठमाण्डु, १३ भदौ– एकीकृत माओवादी वरिष्ठ नेता डा. बाबुराम भट्टराईले स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै छैटौंपटक आमरण अनसन बसेका त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका प्राध्यापाक डा. गोविन्द केसीको मागप्रति ऐक्यबद्धता जनाएका छन् ।

Dr. bhattarai and kcआइतबार अनसनस्थल त्रिवि शिक्षण अस्पताल परिसरमा पुगेर भट्टराईले डा. केसीलाई भेटेका हुन् । त्यस क्रममा भट्टराईले केसीको मागमा आफ्नो पूर्ण समर्थन रहेको बताए ।

त्यस क्रममा उनले केसीका मागबारे प्रमुख दलका शीर्ष नेताको बैठकमा कुरा उठाउने बचन दिए । उनले केसीको स्वास्थ्य अवस्थाबारे समेत चासो राखेका थिए ।

डा. केसीले भट्टराईको कुरा मात्र सुने, तर केही बोलेनन् । केसीको उपचारमा संलग्न चिकित्सकले सरकार केसीका मागमा अनुदार देखिएको र वार्ताका लागि तयार नभएको गुनासो गरेका थिए ।

केसीको स्वाथ्य अवस्था बिग्रँदै गएको भन्दै उनीहरुले स्वास्थ्य यो भन्दा बढी बिग्रिएको अवस्थामा वार्ता गर्न अप्ठेरो हुने उल्लेख गरे ।

मेडिकल कलेजको सम्बन्धनलगायत विगतमा भएका सम्झौता कार्यान्वयनको माग गर्दै केसी एक साताअघि छैटौंपटक अनसन बसेका थिए । सरकारले पटकपटक गरेको सम्झौता कार्यान्वन गर्नुको साटो सम्झौताविपरीतका काम गरेको आरोप उनको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us