समाचार

अन्नपूर्ण पोस्टकको कार्यलयमा राजावादी समुहले गरे ढुङ्गामुढा

२०८१ चैत १४ गते १५:१०

काठमाण्डू, १५ चैत– काठमाण्डूको तिनकुने क्षेत्रमा राजावादी समुहका प्रर्दशनकारीहरुले प्रर्दशन गरी रहेका छन । प्रर्दशनकारीहरुले काठमाण्डूको तिनकुने क्षेत्रमा रहेको अन्नपूर्ण पोस्टको मुख्यालयमा समेत ढुंगा प्रहार गरेका छन । प्रहरीले तिनकुनेबाट तितरवितर पारेपछि प्रर्दशनकारीहरुले अन्नपूर्णको मुख्यालयमा डुङ्गा मुडा प्रहार गरेका हुन । यस अधि राजावादी...

तीनकुनेमा एपीएफको गाडीमा ढुंगामुढा

२०८१ चैत १४ गते १५:०३

काठमाण्डू, १५ चैत– काठमाण्डूको तिनकुने क्षेत्रमा राजावादी समुहका प्रर्दशनकारीहरुले प्रर्दशन गरी रहेका छन । उक्त प्रर्दशनमा राजावादी समुहले सशस्त्र प्रहरी (एपीएफ) को गाडीमा ढुंगामुढा प्रहार गरेको छ । तीनकुनेस्थित एक घरमा लागेको आगो निभाउन आएको सशस्त्र प्रहरी टोली सवार गाडीमाथि ढुंगामुढा भएको हो ।...

तीनकुनेमा हवाई फायर

२०८१ चैत १४ गते १५:००

काठमाण्डू, १५ चैत– काठमाण्डूको तिनकुने क्षेत्रमा राजावादी समुहका प्रर्दशनकारीहरुले प्रर्दशन गरी रहेका छन । प्रर्दशको स्थिति तनावग्रस्त भएपछि प्रहरीले हवाई फायर गरेको छ । घरमा लागेको आगो निभाउन गएको दमकललाई पनि प्रदर्शनकारीले ढुंगा हानेपछि प्रहरीले सुरुमा अश्रुग्याँस प्रहार गरेको थियो । पछि हवाई फायर...

आगो निभाउन आएको दमकलमाथि ढुंगा प्रहार

२०८१ चैत १४ गते १४:५६

काठमाण्डू, १५ चैत– काठमाण्डूको तिनकुने क्षेत्रमा भएको आगो निभाउन आएको दमकलमाथि राजावादी समुहका प्रदर्शनकारीले ढुंगा प्रहार गरेका छन् । प्रहरीसँगको झडपपछि प्रदर्शनकारीले स्थानीयको एक घरमा आगो लगाएका थिए । आगो दन्दनी बलेपछि निभाउन दमकल आएको हो । प्रदर्शनकारीहरूले दमकललाई लक्षित गरेर लगातार ढुंगा प्रहार...

राष्ट्रपति भेट्न सितलनिवास पुगे डा. बाबुराम भट्टराई

२०८१ चैत १४ गते १४:४९

काठमाण्डू, १५ चैत– पूर्व प्रधानमन्त्री समेत रहेका नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराई राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न राष्ट्रपति भवन सितलनिवास पुगेका छन् । आज (शुक्रबार) राष्ट्रपति पौडेलसँग भेटवार्ता भएको डा. भट्टराईले जानकारी दिएका हुन् । ‘राष्ट्रपति रामचन्द्र पौडेलज्यूसंग राष्ट्रपति निवासमा भेटेर...

तीनकुने झडपमा दुई प्रहरीसहित पाँच घाइते

२०८१ चैत १४ गते १४:४४

काठमाण्डू, १५ चैत– काठमाण्डूको तिनकुने क्षेत्रमा प्रर्दशन गरीरहेका राजावादी समुह र प्रहरीबिच झडप हुँदा पाँचजना घाइते भएका छन् । घाइते हुनेमा दुई प्रहरी तीन प्रदर्शनकारी रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरूको तीनकुनेस्थित कान्तिपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । राजावादीहरू प्रहरीको घेरा...

अराजक राजावादी समुहः तीनकुनेको एक घरमा गरे आगजनी

२०८१ चैत १४ गते १४:४०

काठमाण्डू, १५ चैत– काठमाण्डूको तिनकुने क्षेत्रमा प्रर्दशन गरीरहेका राजावादी समुहले काठमाण्डूको तिनकुनेमा रहेक एक घरमा ओगोजनी गरेका छन । राजावादीको प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा घरमा आगजनी भएको हो । आगो निभाउन दमकल आएको छैन । व्यक्तीको घरमा आगजनी गरेपछि प्रहरीले राजावादी समुहका प्रर्दशनकारी...

पूर्वराजालाई पम्फा भुसालको चेतावनीः शान्तिपूर्ण रुपमा नागार्जुन सरेको ख्याल राख्नू

२०८१ चैत १४ गते १४:३४

काठमाण्डू, १५ चैत– पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले नारायणहिटीबाट शान्तिपूर्ण रुपमा नागार्जुन सरेको हेक्का राख्न आग्रह गरेकी छन । आज (शुक्रबार) समाजवादी मोर्चाको विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन । उनले भनिन्, ‘२४० वर्षको विरासत २०५८ को हत्याकाण्डले...

तीनकुनेमा यसरी गरे राजावादी समुहले व्यक्तिका घर तोडफोड

२०८१ चैत १४ गते १४:२८

काठमाण्डू, १५ चैत– काठमाण्डूको तिनकुने क्षेत्रमा जारी राजावादीहरूको प्रदर्शनमा अवस्था तनावग्रस्त बनेको छ । अहिले त्यहाँ प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरिरहको छ । त्यहाँ समर्थकहरूले तीन व्यक्तिका घर पनि तोडफोड गरेका छन् । व्यक्तिका घरबाट प्रहरीले अश्रुग्यास प्रहार गरेको भन्दै उनीहरूले ढुंगा...

शान्तिनगरमा ढलेका व्यक्ति प्रदर्शनकारी नभएको प्रहरीको दाबी

२०८१ चैत १४ गते १४:२२

काठमाण्डू, १५ चैत– काठमाण्डूको तीनकुनेमा राजावादी समूहले प्रदर्शन गरिरहेको ठाउँमा ढलेका एक युवक प्रदर्शनकारी नभएको खुलेको छ । प्रदर्शन भइरहेको ठाउँमा एक पुरुष बेहोस भएर ढलेका थिए । ]शान्तिनगरमा ढलेका व्यक्ति प्रदर्शनकारी नभएको प्रहरीले जानकारी दिएको छ । उनलाई उपचारका लागि सिभिल अस्पताल लगिएको...

कार्यक्रम बिथोलिएपछि सम्बोधन स्थल छाडेर भागे राजावादी नेता

२०८१ चैत १४ गते १४:१८

काठमाण्डू, १५ चैत– राजावादीहरूको प्रदर्शन बिथोलिएपछि नेताहरू कार्यक्रमस्थल छाडेर तीनकुनेबाट भागेका छन । प्रहरीबाट अश्रुग्याससमेत प्रहार भएपछि अहिले तीनकुनेको अवस्था तनावग्रस्त बनेको छ । सभाका लागि विभिन्न ठाउँबाट मानिसहरु प्रदर्शनमा आइरहेका थिए । प्रहरीले बानेश्वरतर्फ जाने सडक बन्द गराएको थियो । त्यहाँको प्रहरी घेरा...

तीनकुनेको तनावपछि स्टेजमा फर्किए दुर्गा प्रसाईं

२०८१ चैत १४ गते १४:१४

काठमाण्डू, १५ चैत– प्रहरीको हस्तक्षेपपछि तितरबितर भएका राजावादी प्रदर्शनकारीहरू पुनः एकीकृत भएका छन । प्रदर्शनकारीहरू निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेको भन्दै प्रहरीले हस्तक्षेप गर्दै पहिले लाठीचार्ज र पछि अश्रुग्यास प्रहार गरेको थियो । त्यसपछि राजावादीहरूको प्रदर्शनस्थल तनावग्रस्त बनेको थियो । प्रहरीको अश्रुग्यास प्रहारपछि मञ्चमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us