समाचार

आयोगको प्रतिवेदन पूर्वाग्रही र बदनियतपूर्णः एमाले

२०८३ जेठ २२ गते १६:१०

काठमाण्डू, २२ जेठ– एमालेले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनलाई राजनीतिक पूर्वाग्रह र बदनियतपूर्ण भएको बताएको छ । आज (शुक्रबार) एमाले महासचिव शंकर पोखरेलले वक्तव्य जारी गरेर जेनजी आन्दोलनमाथि आयोगले तयार पारेको प्रतिवेदनप्रति आपत्ति व्यक्त गरेका हुन । ‘प्रतिवेदन घटनाको वस्तुगत अनुसन्धान भन्दा पनि पूर्वनिर्धारित...

रास्वपाको नीलो क्रान्ति धेरैदिन टिक्दैन, अब हामी हरित क्रान्ति गर्छौंः कुलमान घिसिङ

२०८३ जेठ २२ गते १६:०२

काठमाण्डू, २२ जेठ– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफूहरूले अब हरित क्रान्ति गर्ने बताएका छन । आज (शुक्रबार) आयोजित एक कार्यक्रममा बोल्दै घिसिङले हिजो धेरै नाममा क्रान्ति हुँदा राजनीतिक परिवर्तन मात्रै भएको बताउँदै अब हरित क्रान्तिमार्फत देशको स्थिति परिवर्तन गर्ने समेत बताएका छन...

सुधन गुरुङमाथिको छानबिन सकेर समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

२०८३ जेठ २२ गते १५:५१

काठमाण्डू, २२ जेठ– तत्कालीन गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङमाथि छानबिन गर्न बनेको समितिले प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको छ । छानबिन समितिका संयोजक पूर्व न्यायाधीश अच्युतम प्रसाद भण्डारीले छानबिनको प्रक्रिया सकेर प्रतिवेदन प्रधानमन्त्री बालेन शाहलाई बुझाएको जानकारी दिएका छन । उनले भने, ‘हाम्रो...

नीतिगत र संस्थागत कब्जा अन्त्य गर्न सरकार अझै निर्मम बन्छः अर्थमन्त्री वाग्ले

२०८३ जेठ २२ गते १४:२२

काठमाण्डू, २२ जेठ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न सरकार अझ धेरै निर्मम बन्ने बताएका छन । आज (शुक्रबार) काठमाण्डूमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन । उनले सरकार सुशासन कायम गराउन तल्लिन रहेको समेत बताएका...

फागुन २१ को निर्वाचन सफल गराउन चानचुने उपलब्धि होइनः भण्डारी

२०८३ जेठ २२ गते १४:१७

काठमाण्डू, २२ जेठ– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले २०८२ साल फागुन २१ को निर्वाचनमा नेपालको इतिहासमा विशेष रुपमा अंकित हुने बताएका छन । आज (शुक्रबार) काठमाण्डूमा आयोजित एक कार्यक्रमा बोल्दै कार्यबाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले यस्तो बताएका हुन । उनले उक्त निर्वाचन विद्रोहपछि...

शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैनः सुशीला कार्की

२०८३ जेठ २२ गते १४:१३

काठमाण्डू, २२ जेठ– पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सरकारले विपक्षलाई निमिट्यान्न पार्छु भन्नेतिर लाग्न नहुने बताएकी छन । आज (शुक्रबार) काठमाण्डूमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन । उनले आफू पावरमा आइयो भनेर अर्को पक्षलाई पूरै निमिटयान्न गराउनेतिर सरकार लाग्न नहुने बताएकी...

मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध अदालत जाने एमालेको तयारी

२०८३ जेठ २२ गते १३:४४

काठमाण्डू, २२ जेठ– एमाले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध अदालत जाने तयारी गरेको छ । एमाले महासचिव शङ्कर पोखरेलले शुक्रबार जारी गरेको विज्ञप्तिमा भदौ २३ र २४ गते भएको घटनाबारे तयार पारेको प्रतिवेदन पूर्वाग्रही, बदनियतपूर्ण र षड्यन्त्रमूलक रहेकोमा आपत्ति जनाउँदै आवश्यक परे अदालतसम्म...

वायुसेवा निगमका सञ्चालक समिति सदस्य छनोट प्रक्रिया अघि नबढाउन सर्वोच्चको आदेश

२०८३ जेठ २२ गते १३:३३

काठमाण्डू, २२ जेठ– सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको सञ्चालक समितिका सदस्यहरू छनोट प्रक्रिया अघि नबढाउन सरकारका नाममा अन्तरिम आदेश दिएको छ । न्यायाधीशहरू कुमार रेग्मी र श्रीकान्त पौडेलको इजलासले पर्यटन मन्त्रालय, नेपाल वायुसेवा निगमले गठन गरेको छनौट समितिलाई कामकाज अघि नबढाउन भनी अन्तरिम आदेश...

सचिव पुष्करको प्रधानमन्त्रीलाई म्यासेज: सके मुख्यसचिव, नभए राजदूत

२०८३ जेठ २२ गते १३:२७

काठमाण्डू, २२ जेठ– उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करले प्रधानमन्त्री बालेन शाहलाई मुख्यसचिवदेखि राजदूत बन्नका लागि सहयोग माग गर्दै म्यासेज गरेको खुलेको छ । प्रधानमन्त्रीलाई म्यासेज गरेको पाइएपछि बिहीबार मात्रै पुस्करलाई काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएर सोधबुझ गरेको थियो । लामो केरकार गरेपछि...

भारत भ्रमणमा निस्किए परराष्ट्रमन्त्री खनाल

२०८३ जेठ २२ गते १३:२१

काठमाण्डू, २२ जेठ– परराष्ट्रमन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणमा निस्किएका छन । उनी केहीबेर अघि भ्रमणका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुगेका छन । परराष्ट्र मन्त्रालयले यसअघि नै भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक गरिसकेको छ । भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल २२ देखि...

बालेनलक्षित राजेश हमालको टिप्पणीः राष्ट्रको नेतृत्व गर्ने व्यक्तिमा परिपक्वता नभए चुनौती आउनसक्छ

२०८३ जेठ २२ गते १३:१७

काठमाण्डू, २२ जेठ– केहि दिन अधिको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेन शाहले ‘नेपालले पनि भारतको सीमा मिचेको’ भन्ने अभिव्यक्ति दिएपछि राष्ट्रिय राजनीति यति बेला तरंगित छ । उक्त अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलले प्रधानमन्त्रीको आलोचना गरिरहेका छन् भने कतिपयले कूटनीतिक विषयमा अपरिपक्व अभिव्यक्ति दिएको भन्दै...

राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको जिम्मेवारी दिन सुझाव

२०८३ जेठ २२ गते १२:२६

काठमाण्डू, २२ जेठ– निर्वाचन आयोगले राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको समेत कार्यसम्पादन गर्ने गरी जिम्मेवारी दिनका लागि संविधान संशोधन गर्न सुझाव दिएको छ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहका राजनीतिक सल्लाहकार अशिम शाह नेतृत्वको संविधान संशोधन कार्यदललाई निर्वाचन आयोगले संविधान संशोधन गर्दा यस्तो व्यवस्था गर्न सुझाव दिएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us