समाचार

अर्थमन्त्री वाग्लेको सचिवालयले भन्योः बीवाइडी कार प्रकरणमा मन्त्रीको नाम जोडेर लेख्नेमाथि कारबाही हुन्छ

२०८३ जेठ २३ गते १५:०४

काठमाण्डु- अर्थमन्त्री स्वर्णिम वाग्लेको सचिवालयले अर्थमन्त्रीलाई जोडेर गरिएका गलत प्रचारबाजीमा ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रीको सचिवालयले एक प्रेस नोट जारी गर्दै भन्सार छली गरेर चीनबाट नेपाल गाडी भित्र्याइएको प्रकरणमा वाग्लेले करको दरबारे सूचना चुहाएको भन्ने आरोपको प्रतिवाद गरेको छ । प्रचार गर्नेमध्ये केहीमाथि...

आपसी समन्वय र सहकार्यबाट मात्र जनताका अपेक्षाअनुसार कानून बन्न सक्छः अर्याल

२०८३ जेठ २३ गते १४:४५

कैलाली- सभामुख डोलप्रसाद अर्यालले कानुन निर्माण गर्दा तीन तहका सरकारबिच समन्वय एवं सहकार्य हुनुपर्ने बताएका छन् । अन्तर व्यवस्थापिका मञ्चले कैलालीको टीकापुरमा शनिबार आयोजना गरेको अन्तर व्यवस्थापिका सम्मेलनमा उनले संघीयता कार्यान्वयनमा संघीय संसद् र प्रदेशसभाबिच प्रभावकारी रूपमा समन्वय, सहयोग र सहकार्य हुनुपर्नेमा जोड दिए...

रास्वपामा नेतृत्वका लागि मरिहत्ते गर्ने प्रवृत्ति देखिएको भन्दै रवि लामिछानेबाट चिन्ता व्यक्त

२०८३ जेठ २३ गते १४:४०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पार्टीमा लगानीको हिसाब गर्ने प्रवृत्ति देखिएको बताएका छन् । स्थापनाकालमा सीमित दायरामा सहमतिका आधारमा बाँडिएका तदर्थ जिम्मेवारीलाई स्थायी मानक मानेर पदोन्नतिको अपेक्षा राख्ने वा योगदानको हिसाब किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर नहुने भन्दै...

नेकपाका सांसदलाई अभिमूखीकरण तालिम

२०८३ जेठ २३ गते ११:१९

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्ना सांसदलाई अभिमूखीकरण तालिम दिएको छ । सदनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा संघीय संसदका दुवै सदनका सांसदका लागि तालिम प्रदान गरिएको नेकपा नेता एवं सांसद् वर्षमान पुन अनन्तले जानकारी दिए । एक दिवसीय कार्यशाला नाम दिइएको उक्त...

सिटी सफारीसँग मोटरसाइकल ठोक्किँदा प्रहरी जवानको मृत्यु

२०८३ जेठ २३ गते १०:३५

सुनसरी- सुनसरी कोशी गाउँपालिका-८ भाण्टाबारीमा शुक्रबार राति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । त्रियुगा गरपालिका-२ का प्रहरी जवान ३२ वर्षीय रन्दीप पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए । पौडेलले चलाएको स११प २५०० नम्बरको...

‘नेपाली ब्रो’ द्वारा रड प्रहार गरी श्रीमतीको हत्या

२०८३ जेठ २३ गते १०:३१

काठमाण्डु- काठमाण्डूमा एक व्यक्तिले रड प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । तारकेश्वर नगरपालिका-६ लोलाङ पैँयुटारका ४२ वर्षीय नेपाली ब्रो भनिने कुमार थापाले श्रीमती ४२ वर्षीया ईश्वरी भुजेलको हत्या गरेका हुन् । कुमार रेस्लरसमेत हुन् । कुमारलाई महानगरीय प्रहरी वृत्त बालाजुले नियन्त्रणमा लिएको छ...

गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !

२०८३ जेठ २२ गते १७:५५

काठमाण्डू, २२ जेठ– तत्कालीन गृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित सरकारी समितिले प्रतिवेदन बुझाएसँगै गृह मन्त्रालयमा गुरुङको ‘कमब्याक’ हुनसक्ने चर्चा पनि सुरु भएको । छानबिन समितिको प्रतिवेदनमा गुरुङको कमब्याक निर्भर रहेको गृह मन्त्रालयका कर्मचारीबिच शुक्रबार चर्चा चलेको हो । ‘प्रतिवेदनमा दोषी देखिए त सम्भावना...

दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति

२०८३ जेठ २२ गते १७:४२

काठमाण्डू, २२ जेठ– राष्ट्र, राष्ट्रियता, धर्मसंस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट राजीनामा दिएका धवलशमशेर राणाबीच नयाँ पार्टी बनाउन सहमति भएको छ । आज (शुक्रबार) प्रसाईं र राणाबिच ११ बुँदे लिखित समझदारीपत्रमा हस्ताक्षर भएको हो ।...

कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश

२०८३ जेठ २२ गते १७:३४

काठमाण्डू, २२ जेठ– गत पुस अन्तिम साता भएको विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गरेपछि नेपाली कांग्रेसभित्र देखिएको विवाद समाधान गर्न नेताहरु निरन्तर वार्तामा छन । कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबिच विवाद समाधानका लागि अनौपचारिक रूपमा निरन्तर वार्ता भइरहेको छ...

रास्वपाले गठन गर्याे ७७ वटै जिल्लामा निर्वाचन समिति

२०८३ जेठ २२ गते १७:०३

काठमाण्डू, २२ जेठ– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबै जिल्लामा अधिवेशनका लागि निर्वाचन समिति गठन गरेको छ । शनिबार र आइतबार ७७ वटै जिल्लामा हुने अधिवेशनका लागि तीन सदस्यीय समिति गठन भएको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिएका छन ।...

सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

२०८३ जेठ २२ गते १६:३७

काठमाण्डू, २२ जेठ– सप्तरीमा मोटरसाइलक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक राजबिराज नगरपालिका–१२ सिंगियौन बस्ने २३ वर्षीय छोटेलाल यादव रहेको प्रहरीले जानकारी दिएको छ । बिष्णुपुर गाउँपालिका–५ कट्टीस्थित सडकमा बीआर ५०–०६२८८ नम्बरको मोटरसाइकल र ना. २२ प ३२८५...

गुल्मी जिल्ला प्रशासन कार्यालय अगाडि महिलाहरूको प्रदर्शन

२०८३ जेठ २२ गते १६:१८

काठमाण्डू, २२ जेठ– गुल्मीको इस्मा गाउँपालिकाकी उपाध्यक्ष पार्वती कुँवर लगायतमाथि आक्रमण गर्न खोज्ने समूहमाथि कारबाहीको माग राख्दै विभिन्न संघसंगठनमा आवद्ध महिलाहरूले शुक्रबार प्रदर्शन गरेका छन । उक्त घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग राखेर उनीहरूले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us