समाचार

राजावादी आन्दोलन उग्र बनेपछि गृहमा आकस्मिक बैठक

२०८१ चैत १४ गते १६:४०

काठमाण्डू, १५ चैत– आज शुक्रबार काठमाण्डूको तीनकुने क्षेत्रमा भएको राजावादी समूहको प्रदर्शन उग्र बनेपछि गृहमन्त्रालयमा आकस्मिक बैठक बसेको छ । गृहमन्त्री रमेश लेखक, गृहसचिव सहित सुरक्षा निकायका टोली समेतको बैठक गृहमा बसेको गृहमन्त्रालय स्रोतले जानकारी दिएको छ । अहिले गृहमा बैठक चलिरहेको र प्रदर्शनको...

कोटेश्वरको भाटभटेनीमा तोडफोड

२०८१ चैत १४ गते १६:३५

काठमाण्डू, १५ चैत– काठमाण्डूको कोटेश्वरको क्षेत्रमा रहेको भाटभटेनीमा तोडफोड भएको छ । राजावादी समूहको प्रदर्शन बिथोलिएपछि तितरवितर भएको समूहले कोटेश्वरको भाटभटेनी सुपरस्टोरमा तोडफोड गरेको भाटभटेनी सुपरस्टोरका सीईओ पानु पौडेलले जानकारी दिएका छन । सो समूहले तीनकुनै नजिकै पर्ने आलोकनगरस्थित एकीकृत समाजवादीको कार्यालयमा आगजनीसमेत गरेको...

अन्नपूर्ण पोष्टको कार्यालयमा आगजनीको प्रयास

२०८१ चैत १४ गते १६:३०

काठमाण्डू, १५ चैत– काठमाण्डूको तीनकुने क्षेत्रमा रहेको अन्नपूर्ण पोष्टको कार्यालय रहेको भवनमा आगजनीको प्रयास भएको छ । तीनकुनेस्थित कार्यालयको भवनमा राजावादी प्रदर्शनकारीहरूले आगजनीको प्रयास गरेका हुन् । राजावादीहरुको प्रदर्शन बिथोलिएपछि उग्र भएको समूहले अन्नपूर्ण पोष्ट दैनिकको कार्यालयमा ढुंगामुढा गरेको थियो । ढुंगामुढाबाट कार्यालयको सिसा...

तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी

२०८१ चैत १४ गते १६:२७

काठमाण्डू, १५ चैत– काठमाण्डूको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डूले काठमाण्डूको शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश जारी गरेको हो । राजावादी प्रदर्शन उग्र भएपछि काठमाण्डू प्रशासनले कर्फ्यु आदेश गरेको हो । कर्फ्यु आदेश जारी गर्नुअघि प्रहरीले...

तीनकुनेमा गोली चल्यो, एक घाइते

२०८१ चैत १४ गते १६:२३

काठमाण्डू, १५ चैत– काठमाण्डूको तीनकुने क्षेत्रमा प्रर्दशन गरिरहेका राजावादी समुहका प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको छ। प्रहरीको गोली लागेर एकजना घाइते भएको बताइएको छ । उनलाई प्रदर्शनकारीहरूले बोकेर लैजाँदै छन्। घटनास्थलमा रहेका प्रदर्शनकारीहरूले उनलाई गोली लागेको दाबी गर्दै विरोध...

एकीकृत समाजवादीको कार्यालयमा राजावादी गरे तोडफोड र आगजनी

२०८१ चैत १४ गते १६:१९

काठमाण्डू, १५ चैत– काठमाण्डूको तीनकुने क्षेत्रमा प्रर्दशन गरिरहेका राजावादी समुहका प्रदर्शनकारीले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा तोडफोड गरेका छन् । लोकनगरस्थित मुख्यालयमा प्रदर्शनकारीहरू प्रवेश गरी कागजात सडकमा फाल्नुका साथै कार्यालयमा तोडफोड गरेको हुन्।...

तीनकुने क्षेत्रमा केहीबेरमा कर्फ्यु लाग्दै

२०८१ चैत १४ गते १६:१०

काठमाण्डू, १५ चैत– काठमाण्डूको तीनकुने क्षेत्रमा राजावादी प्रदर्शनकारीलाई सुरक्षाकर्मीले अब केही बेरमा कर्फ्यु लाग्ने सूचना दिएका छन् । भर्खरै माइकिङ गर्दै प्रहरीले उक्त सूचना दिएका हुन् । तीनकुनेमा राजावादी प्रदर्शनकारी अराजक बन्दै जाँदा सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेको छ । आगजनी नियन्त्रणमा आइसकेको...

माओवादी पार्टी कार्यालय छिर्ने प्रयास गर्दै प्रदर्शनकारी

२०८१ चैत १४ गते १६:०५

काठमाण्डू, १५ चैत– प्रहरीले काठमाण्डूको तीनकुने क्षेत्रबाट तितरबितर पारेर खेदेको राजावादी समर्थक प्रदर्शनकारीहरूले कोटेश्वरमा रहेको नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय प्रवेश गर्ने प्रयास गरिरहेका छन् । तीनकुनेको प्रदर्शन र सभा बिथोलिए पछि उनीहरू त्यसतर्फ लागेका हुन् । उनीहरूले पेरिसडाँडा आसपास क्षेत्रमा गाडीमा तोडफोड र...

तीनकुने क्षेत्रबाट लखेटिएका राजावादी ले गरे पेरिसडाँडामा गाडीमा आगजनी, बाइक तोडफोड

२०८१ चैत १४ गते १६:०१

काठमाण्डू, १५ चैत– काठमाण्डूको तिनकुने क्षेत्रमा राजावादी समुहका प्रर्दशनकारीहरुले प्रर्दशन गरी रहेका छन । राजावादी समुहले पेरिसडाँडा नजिक सरकारी गाडीमा आगजनी समेत गरेका छन । राजावादी समर्थक प्रदर्शनकारीहरूले सरकारी गाडीमा आगजनी गरेका  छन भने एउटा बाइकमा तोडफोड गरेका छन । आगलागी भएको सरकारी गाडीको...

विगतमा कमजोरी गर्दा राजतन्त्रले टाउको उठाउन खोज्योः प्रचण्ड

२०८१ चैत १४ गते १५:५५

काठमाण्डू, १५ चैत– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुहरुले विगतमा विगतमा गरिएका कमजोरीकै कारण इतिहास बनिसकेको राजतन्त्रले टाउको उठाउन खोजेको दाबी गरेका छन । आज (शुक्रबार) काठमाण्डूको भृकुटीमण्डपमा समाजवादी मोर्चाले आयोजना गरेको जनसभामा बोल्दै माओवादी अध्यक्ष प्रचण्डले यस्तो बताएका...

तीनकुनेबाट गाडीमा सुटुक्क भागे दुर्गा प्रसाईं

२०८१ चैत १४ गते १५:५०

काठमाण्डू, १५ चैत– काठमाण्डूको तीनकुने क्षेत्रमा राजावादी समुहहरुले आन्दोलन गरिरहेका छन । राजावादी समुहको आन्दोनको कमान्डर छन विवादस्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं । उक्त कमान्डर दुर्गा प्रसाई एक निजी गाडीमा चढेर तीनकुनेबाट भर्खरै निस्किएका छन् । त्यसअघि तीनकुनेको एक सटरमा बसिरहेका उनलाई लिन गाडी...

पूर्वराजा ज्ञानेन्द्र शाहलाई अर्को गल्ती नगर्न प्रचण्डको चेतावनी

२०८१ चैत १४ गते १५:४५

काठमाण्डू, १५ चैत– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई अर्को गल्ती नगर्न चेतावनी दिएका छन । आज (शुक्रबार) समाजवादी भोर्चाले काठमाण्डुमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । अध्यक्ष प्रचण्डले नेपाली जनता...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us