समाचार

रास्वपालाई जनताले दिएको मत अरू पार्टीसँग पंगा खेल्न होइनः महामन्त्री बुर्लाकोटी

२०८३ जेठ २४ गते १७:२४

काठमाण्डू,२४ जेठ– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री एवं पार्टीका संसदीय दलका मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले विकास, सम्मृद्धि र सुशासनको पक्षमा सरकारले निरन्तर काम गर्ने बताएका छन । आज (आइतबार) रास्वपा गोरखाको प्रथम जिल्ला अधिवेशनको उद्घाटन गर्दै महामन्त्री बुर्लाकोटीले यस्तो बताएका हुन...

बयलगाडाले किचेर घाइते बालकको मृत्यु

२०८३ जेठ २४ गते १६:१०

काठमाण्डू,२४ जेठ– सर्लाहीको बरहथवामा बयलगाडाले किचेका बालकको आज (आइतबार) उपचारका क्रममा मृत्यु भएको छ । शनिबार बरहथवा नगरपालिका–१६, का खैरु पण्डितले चलाएको बयलगाडाले स्थानीय कृष्ण कुम्हालका नौ वर्षीय छोरा सुभास कुम्हाल घाइते भएको र उनको उपचारको क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।...

पुराना दललाई गाली गरेर समय खेर फाल्ने छुट छैनः रास्वपा सचेतक परियार

२०८३ जेठ २४ गते १६:०६

काठमाण्डू,२४ जेठ– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य एवं संघीय संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले पुराना राजनीतिक दलहरूसँग आफ्नो पार्टीको अब कुनै व्यक्तिगत वा राजनीतिक लडाइँ नरहेको बताएका छन । गरिबी, असमानता, भ्रष्टाचार र बेरोजगारीविरुद्ध रास्वपाको संघर्ष जारी रहने समेत उनले...

एलन मस्क विश्वको पहिलो ट्रिलियनेयर बन्दै, १ ट्रिलियन डलर भनेको कति ठूलो रकम हो ?

२०८३ जेठ २४ गते १५:५०

एजेन्सी– एलन मस्क विश्वका पहिलो ट्रिलियनेयर बन्ने भएका छन । यो मानव इतिहासमा कहिल्यै नदेखिएको अकल्पनीय सम्पत्ति समेत हो । मस्कले टेस्लाको सीईओको रूपमा आफ्नो भूमिकाका कारण पहिले नै २७३ बिलियन डलर आम्दानी गरिसकेका छन् । तर यदि उनको रकेट र आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी...

एमाले नेता मंगलप्रसाद गुप्ताको निधन

२०८३ जेठ २४ गते १५:३७

काठमाण्डू,२४ जेठ– कपिलवस्तु–३ का पूर्वसांसद एवं एमाले नेता मंगलप्रसाद गुप्ताको निधन भएको छ । ‘मंगल चाचा’को नाममा परिचित नेता गुप्ताको भारतको दिल्लीस्थित मेदान्त अस्पतालमा हृदयघातपछि उपचारको क्रममा आइतबार बिहान निधन भएको एमाले पूर्वकेन्द्रीय सदस्य सुशील श्रीवास्तवले जानकारी दिएका छन । ८० वर्षीय गुप्ता लामो...

घण्टीघरमा बाराका कार्यकर्ताको विरोध, बहुमतबाट निर्वाचित पदाधिकारीलाई मान्यता दिन माग

२०८३ जेठ २४ गते १५:२७

काठमाण्डू,२४ जेठ– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराका कार्यकर्ताले कलैया उपमहानगरपालिका अधिवेशनपछि गरिएको उपनिर्वाचन खारेज गर्न माग गरेका छन । उनीहरूले अधिवेशन सम्पन्न भइसकेपछि विजयी घोषणा गरिएको नेतृत्वलाई मान्यता नदिई पुनः निर्वाचन गराउनु विधान र लोकतान्त्रिक प्रक्रियाविपरीत भएको आरोप समेत लगाएका छन...

प्रधानमन्त्रीको निर्देशन शासकीय सुधारका सय बुँदामा थियो, त्यसमै फोकस भयौंः स्वास्थ्यमन्त्री

२०८३ जेठ २४ गते १५:०७

काठमाण्डू,२४ जेठ– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सरकारले शासकीय सुधारका सय वटा कार्यसूचीमा केन्द्रित भएर काम गरिरहेको बताएकी छन । आज (आइबतार) मन्त्रालयका सञ्चारकमीसँगको भेटघाटको क्रममा मन्त्री मेहताले यस्तो बताएकी हुन । उनले प्रधानमन्त्री बालेन शाहले उक्त कार्यसूचीमा काम गर्न निर्देशन दिएकाले त्यसलाई...

रास्वपा झापाको सभापतिमा भण्डारी

२०८३ जेठ २४ गते १४:०५

काठमाण्डू,२४ जेठ– राष्ट्रिय स्वतन्त्र पार्टी झापाको सभापतिमा ओमनाथ भण्डारी विजयी भएका छन । हिजो (शनिबार) सम्पन्न पहिलो जिल्ला अधिवेशनबाट भण्डारी सभापतिमा विजयी भएका हुन् । उनले ३४१ मत प्राप्त गर्दै विजयी भएका हुन । सभापतिका उम्मेदवार लक्ष्मण बस्नेतले २४७ मत र अर्जुनकुमार मैनालीले २५...

फेरि गृहमन्त्री बन्न लागेको संकेत दिँदै सुधन गुरुङले भनेः दुई महिना तस्वीर खिच्न नआउनू

२०८३ जेठ २४ गते १४:०१

काठमाण्डू,२४ जेठ– पूर्व गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता सुधन गुरुङले आफ्नो सम्पत्तिको विषयमा उठेका प्रश्नहरूको छानबिनका लागि सहजीकरण गर्न आफूले मन्त्री पदबाट राजीनामा दिएको बताएका छन् । रास्वपा गोरखाको पहिलो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै सांसद गुरुङले सार्वजनिक पदमा रहँदा उठेका सवालहरूको...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने

२०८३ जेठ २४ गते १३:५५

काठमाण्डू,२४ जेठ– राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक (ग्रेडवृद्धि) परीक्षा सम्पन्न भएको दुई साताभित्र नतिजा प्रकाशन गर्ने भएको छ । आगामी १ असार देखि ९ गतेसम्म पूरक परीक्षा हुँदैछ । यसअघि, एसइई २०८२ को परीक्षाफल...

हामी विगतका गल्ती र अलमलबाट टाढा छौँः परराष्ट्रमन्त्री खनाल

२०८३ जेठ २४ गते १३:४९

काठमाण्डू,२४ जेठ– भारतीय विदेशमन्त्री डा.एस. जयशङ्करको औपचारिक निमन्त्रणामा भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले आफूले नेपालको एउटा पूर्णतः नयाँ राजनीतिक यथार्थको प्रतिनिधित्व गरिरहेको बताएका छन । भ्रमणको अन्तिम दिन नयाँ दिल्लीस्थित नेपाली दूतावासमा पत्रकारहरूसँग विशेष कुराकानी गर्दै परराष्ट्रमन्त्री खनालले यस्तो बताएका हुन । उनले...

रास्वपा गुल्मीको सभापतिमा हरि श्रेष्ठ निर्वाचित

२०८३ जेठ २४ गते १३:३६

काठमाण्डू,२४ जेठ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गुल्मीको सभापतिमा हरि श्रेष्ठ निर्वाचित भएका छन । हिजो (शनिबार) भएको पहिलो अधिवेशनबाट भएको निर्वाचनको मत परिणाम अनुसार, श्रेष्ठ सभापतिमा निर्वाचित भएका हुन् । त्यस्तै, उपसभापतिमा प्रगति राना मगर तथा सचिवमा देवराज पाण्डे निर्वाचित भएका छन् । सह–सचिवमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us