समाचार

दुर्गा प्रसाईंले सुरक्षाकर्मी मार्ने उद्देश्यले गाडी चलाएपछि स्थिति बिग्रियोः गृह मन्त्रालय

२०८१ चैत १४ गते १८:४४

काठमाण्डू, १५ चैत– सरकारले तीनकुनेमा भएको राजावादीहरुको प्रदर्शन हिंसात्मक हुनुमा संयोजक दुर्गा प्रसाईं नै मुख्य दोषी भएको आरोप लगाएको छ । शान्तिपूर्ण अवस्थामा रहेको प्रदर्शनपछि प्रसाईंले चलाएको गाडी सुरक्षाकर्मीको घेरा तोड्दै अगाडि बढेपछि स्थिति बिग्रिएको र हिंसात्मक रुप लिएको गृह मन्त्रालयको दाबी छ ।...

राजावादीले कोटेश्वर भाटभटेनीबाट लुटे मोबाइल, घडी र महँगा मदिरा

२०८१ चैत १४ गते १८:३६

काठमाण्डू, १५ चैत– आज शुक्रबार काठमाण्डूका भएको आन्दोलनमा राजावादी प्रदर्शनकारीहरूले कोटेश्वर भाटभटेनी सुपर स्टोरमा तोडफोड गरेर मोबाइल फोन, घडी, मदिरा जस्ता महँगा सामान लुटेका छन् । भाटभटेनी व्यवस्थापनका एक अधिकारीका अनुसार प्रदर्शनकारीहरू सुरुमा एक दर्जन संख्यामा आएर मूलगेट फुटाएका थिए । त्यसपछि कम्पाउन्डभित्र छिरेर...

दुर्गा प्रसाईंलाई पक्राउ गर्ने सरकारको तयारी

२०८१ चैत १४ गते १८:३१

काठमाण्डू, १५ चैत– सरकारले राजसंस्था पुनस्थापना लागि संयुक्त जनआन्दोलन परिचालन समितिका कमाण्डर दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारी गरेको छ । आज काठमाण्डूको तीनकुने क्षेत्रमा भएको आन्दोलनमा प्रसाईंकै नेतृत्वमा अराजक गतिविधि भएको भन्दै सरकारले प्रसाईंलाई पक्राउ गर्ने तयारी गरेको स्रोतले जानकारी दिएको छ । स्रोतले...

दुर्गा प्रसाईंलाई कारबाही गर्छौंः सरकार

२०८१ चैत १४ गते १८:२६

काठमाण्डू, १५ चैत– सरकारले राजसंस्था पुनस्थापना लागि संयुक्त जनआन्दोलन परिचालन समितिका कमाण्डर दुर्गा प्रसाईंलाई कारबाहीको दायरामा ल्याइने तयारी गरेको छ । शुक्रबार साँझ पत्रकार सम्मेलन गर्दै सरकारको उक्त तयारी गरेको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिएका छन । उनले भनेका छन, ‘दुर्गा प्रसाईंलाई...

राजावादी प्रदर्शनमा घाइते भएका एक युवकको मृत्यु

२०८१ चैत १४ गते १८:२२

काठमाण्डू, १५ चैत– आज (शक्रबार) काठमाण्डूको तीनकुनेमा भएको राजावादी आन्दोलनमा घाईते भएका एक युवाको मृत्यु भएको छ । आज दिउँसो भएको राजावादीहरूको प्रदर्शनमा घाइते भएका कीर्तिपुरका २९ वर्षीय सविन महर्जन महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रदर्शनमा...

राजावादी प्रदर्शनमा सुरक्षाकर्मीसहित २२ जना घाइते

२०८१ चैत १४ गते १८:१७

काठमाण्डू, १५ चैत– आज (शक्रबार) काठमाण्डूको तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शनमा प्रहरीसहित २२ जना घाइते भएका छन् । प्रहरीले उपलब्ध गराएको अहिलेसम्मको विवरणअनुसार घाइते हुनेहरूको संख्या २२ पुगेको । जसमा सुरक्षाकर्मी र प्रदर्शनकारी दुवैतर्फका घाइते भएको प्रहरीले जानकारी दिएको छ । आज भएको आन्दोलनमा...

राजावादी समुहले जडीबुटी कम्पनीमा गरे आगजनी, कर्मचारीले भागेर जोगाए ज्यान

२०८१ चैत १४ गते १८:१२

काठमाण्डू, १५ चैत– आज (शक्रबार) काठमाण्डूको तीनकुनेमा भएको राजावादी समुहको प्रर्दशनकारीलाई प्रहरीले तितरवितर पारेर तीनकुनेबाट खेदेपछि राजावादी समुहका प्रर्दशनकारीहरुले जडीबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगजनी गरेका छन । राजावादी समूहले तोडफोड र आगजनी गर्न सुरु गरेपछि कर्मचारीहरूले भागेर ज्यान जोगाएको कम्पनीकी महाप्रबन्धक डा....

विमानस्थलमा उडान रोकियो, अन्तर्राष्ट्रिय जहाज आकाशमै होल्ड

२०८१ चैत १४ गते १८:०६

काठमाण्डू, १५ चैत– काठमाण्डूको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानहरू रोकिएको छ । प्रदर्शनकारीले विमानस्थल क्षेत्र आसपास लागो लगाएपछि सुरक्षाको कारण देखाउँदै उडान रोकिएको हो । प्रदर्शनकारीले प्राधिकरणको मुख्य कार्यालय सिनामंगल अगाडी आगो बालेका थिए । आगो विमानस्थल क्षेत्र भित्र समेत पसेसँगै सुरक्षाका कारण विमानस्थल बन्द...

कर्फ्यु लागेसँगै काठमाण्डूको सडकमा सेना

२०८१ चैत १४ गते १८:०३

काठमाण्डू, १५ चैत– जिल्ला प्रशासन कार्यलय काठमाण्डूले काठमाण्डूको तीनकुने क्षेत्रमा कफ्यु लगाएसँगै नेपाली सेनाको टोली काठमाण्डूको सडकमा निस्किएको छ । जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएसँगै सेनाको टोली सडकमा निस्किएको हो । बालकुमारी क्षेत्रमा राजदल गणबाट सहसेनानी सन्दीप गुरुङको कमाण्डमा टोली खटिएको छ । नर्सिङ...

गृह मन्त्रालयले पत्रकार सम्‍मेलन गर्दै

२०८१ चैत १४ गते १७:५६

काठमाण्डू, १५ चैत– राजावादी समूहको प्रदर्शन उग्र बनेपछि गृहमन्त्रालयले आज साँझ पत्रकार सम्‍मेलन गर्ने भएको छ । गृहमन्त्री रमेश लेखक, गृहसचिव सहित सुरक्षा निकायका टोली समेतको बैठकपछि गृह मन्त्रालयमा साँझ ६ बजे पत्रकार सम्‍मेलनको तयारी गरीएको गृहमन्त्रालय स्रोतले जानकारी दिएको छ । बैठकमा प्रदर्शनको...

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

२०८१ चैत १४ गते १७:५२

काठमाण्डू, १५ चैत– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन । बैठक प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बेलुका ८ बजे बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ । राजावादीको बिहीबारको प्रदर्शन हिंसात्मक बन्दै गएका बेला प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । तीनकुनेलाई...

दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा उजुरी

२०८१ चैत १४ गते १७:४६

काठमाण्डू, १५ चैत– आज काठमाण्डूमा भएको राजावादी समूहको आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा उजुरी परेको छ । मायाको पहिचान नेपालकातर्फबाट उजुरी आएको केन्द्रीय साइबर ब्यूरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थीले जानकारी दिएका छन । ‘आज उजुरी आएको छ । मायाको पहिचान नेपालका कार्यकारी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us