समाचार

सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

२०८३ जेठ २५ गते १४:३१

काठमाण्डू, २५ जेठ– सुनसरीको इनरुवामा मोटर साइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन । मृत्यु हुनेमा मोटरसाइकल चालक इनरुवा नगरपालिका–८ का २९ वर्षीय विनोद चौधरी रहेको प्रहरीले जनाएको छ । सुनसरीको झुम्काबाट इनरुवातर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प...

विषयगत मन्त्रालयको जवाफ प्रधानमन्त्रीले दिनुहुन्नः कवीन्द्र बुर्लाकोटी

२०८३ जेठ २५ गते १४:२६

काठमाण्डू, २५ जेठ– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कवीन्द्र बुर्लाकोटीले संसदमा विपक्षी दलहरूले माग गरेबमोजिम प्रधानमन्त्रीले जवाफ नदिने बताएका छन । आज (सोमबार) सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिने क्रममा रास्वपा महामन्त्री बुर्लाकोटीले यस्तो बताएका हुन ।...

प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्छः वर्षमान पुन

२०८३ जेठ २५ गते १४:२०

काठमाण्डू, २५ जेठ– प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले प्रतिनिधिसभामा नेपालले भारतको सीमा नेपालले मिचेको छ भन्ने अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्छ भन्ने आफूहरूको अडान कायमै रहेको बताएका छन । आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद...

अर्थमन्त्रीमाथि छानबिन हुनुपर्छः ज्ञानबाहादुर शाही

२०८३ जेठ २५ गते १४:१६

काठमाण्डू, २५ जेठ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबाहादुर शाहीले करका दर हेरफेर गर्ने विषय अर्थमन्त्रीबाहेक अरू कसैलाई थाहा नहुने भन्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेमाथि छानबिन गर्दै राजद्रोहको मुद्दा लाग्नुपर्ने बताएका छन । आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै राप्रपा संसदीय दलका...

प्रधानमन्त्रीले क्षमायाचना नगरेसम्म सदन नचलाऔँः एमाले

२०८३ जेठ २५ गते १४:१२

काठमाण्डू, २५ जेठ– प्रतिपक्षी दल एमालेले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले कूटनीतिक मर्यादा र पदीय जिम्मेवारीको उल्लङ्घन गर्दै नेपालले भारतको भूमि मिचेको भनेर दिएको अभिव्यक्तिप्रति फिर्ता लिएर क्षमा याचना माग्न दिएको छ । आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा एमाले संसदीय दलका उपनेता पद्मा अर्यालले...

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैनः कांग्रेस

२०८३ जेठ २५ गते १४:०७

काठमाण्डू, २५ जेठ– प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले प्रतिनिधिसभाको रोष्टमबाट भारतको सीमा नेपालले मिचेको छ भन्दै दिएको अभिव्यक्तिमा माफी नमाग्दासम्म प्रतिनिधिसभाको कामकारबाही अगाडि बढ्न नसक्ने बताएको छ । आज (सोमबार) बसेको प्रतिनिधिसभाको बैठकमा बैठकमा आकस्मिक समयमा बोल्दै कांग्रेस सांसद सन्तोष सुब्बाले...

रास्वपा बागलुङको नेतृत्व चयन विवादमा

२०८३ जेठ २५ गते १२:३४

काठमाण्डू, २५ जेठ– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङको नयाँ नेतृत्व चयन विवादमा तानिएको छ । पहिलो जिल्ला अधिवेशनबाट चयन भएको कार्यसमितिलाई एक समूहले विधि र प्रक्रिया मिचेर एकतर्फी रूपमा घोषणा गरिएको भन्दै एक रास्वपाकै अर्काे समुहले विरोध गरेको हो । शनिबार...

प्रतिपक्ष कमजोर छ भन्दैमा संवैधानिक सीमा नभत्काइयोस्ः राजेन्द्र लिङ्देन

२०८३ जेठ २५ गते १२:३०

काठमाण्डू, २५ जेठ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्व मन्त्री राजेन्द्र लिङ्देनले सरकारले आफ्नो गणितीय बहुमतको आडमा संवैधानिक सीमा र शक्ति पृथकीकरणको सिद्धान्तलाई कमजोर बनाउन खोजेको बताएका छन । आज (सोमबार) राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै...

रविको भारत भ्रमण र सरकारको काम सर्वदलीय बैठकका एजेन्डा

२०८३ जेठ २५ गते १२:२३

काठमाण्डू, २५ जेठ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा दुई एजेन्डामा छलफल भएको छ । सिंहदरबारस्थित सङ्घीय संसद्को सार्वजनिक लेखा समितिको हलमा जारी बैठकमा रास्वपा सभापति लामिछानेले आफ्नो भारत भ्रमण र सरकारको काम कारबाहीबारे सुझाव लिन बैठक आह्वान गरेको स्रोतले...

एमाले पुनर्गठन कार्यदलको पहिलो बैठक बस्दै

२०८३ जेठ २५ गते १२:१४

काठमाण्डू, २५ जेठ– एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले एमाले पुनर्गठन कार्यदलको बैठक बोलाएका छन । कार्यदलको बैठक मङ्गलवार १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बोलाएको एमाले सचिव तथा कार्यदल सदस्य छविलाल विश्वकर्माले जानकारी दिएका छन । गत जेठ १० गते सचिवालयको आठौँ...

देशका पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना

२०८३ जेठ २५ गते ७:५८

काठमाडौँ- पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव: पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना हाल नेपालको उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ । पछिल्लो एक घण्टामा झापा, मकवानपुर, चितवन र गोरखाका केही स्थानमा हल्का तथा छिटपुट...

फिलिपिन्समा शक्तिशाली भूकम्प

२०८३ जेठ २५ गते ७:४६

काठमाडौं- फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओ नजिक सोमबार बिहान शक्तिशाली भूकम्प गएको छ । जनरल सान्तोस सहरको तटीय क्षेत्र आसपास केन्द्रबिन्दु रहेको भूकम्पपछि विभिन्न देशहरूले सुनामी चेतावनी जारी गरेका छन् । स्थानीय समयअनुसार बिहान ७ः३७ बजे गएको भूकम्पको तीव्रता र गहिराइबारे विभिन्न निकायले फरक–फरक विवरण...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us