समाचार

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

२०८३ जेठ २५ गते १९:०४

काठमाण्डू, २५ जेठ– सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ परेका छन । पक्राउ पर्नेमा काठमाण्डूका ४३ वर्षीय नीरबहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ । उनलाई काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । १६ माघ २०८० मा उनी ६ ग्राम ४५० मिलिग्राम...

रास्वपा सिरहा अधिवेशनमा झडप

२०८३ जेठ २५ गते १८:५०

काठमाण्डू, २५ जेठ– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिरहा जिल्ला अधिवेशनमा नेतृत्व चयनको विषयलाई लिएर सोमबार अधिवेशन स्थलमै झडप भएको छ । झडपका कारण निर्वाचन प्रक्रिया मंगलबार बिहानसम्मका लागि स्थगित बन्न पुगेको छ । सिरहाको जिरोमाइलस्थित अधिवेशनस्थलमा जिल्ला नेतृत्व चयनको विषयमा...

५० अर्ब विद्युत् महसुल बक्यौता असुल गर्न ऊर्जामन्त्रीको निर्देशन

२०८३ जेठ २५ गते १८:४५

काठमाण्डू, २५ जेठ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विद्युत् महसुल बक्यौता असुली प्रक्रियालाई प्राथमिकता दिन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन । मन्त्री श्रेष्ठले बक्यौता असुलीलाई आफ्नो दैनिक कार्यसूचीमा राखेर अगाडि बढाउन प्राधिकरणलाई आग्रह गरेका हुन । नेपाल विद्युत् प्राधिकरण सञ्चालक...

भारत जाने टिकट देखाएका व्यक्ति दुबई उडे, नेपाल एयरलाइन्सका कर्मचारी पक्राउ

२०८३ जेठ २५ गते १८:४२

काठमाण्डू, २५ जेठ– नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का दुई कर्मचारी पक्राउ परेका छन् । काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई कर्मचारीलाई आइतबार पक्राउ गरीएको अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिए । पक्राउ पर्नेमा सुमीत्रा चन्द र प्रवीण लामिछाने रहेको अपराध...

प्रतिनिधिसभा बैठक भोलिसम्मलाई स्थगित

२०८३ जेठ २५ गते १५:४८

काठमाण्डू, २५ जेठ– प्रतिनिधिसभा बैठक भोलि (मंगलबार) सम्मलाई स्थगित भएको छ । सोमबार १५ मिनेटका लागि स्थगित भएको बैठक भोलिसम्मलाई सूचना टाँस गरी स्थगित भएको जानकारी गराइएको हो । ‘१५ मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभा बैठक विशेष कारणले उक्त समयमा बस्न नसक्ने भएकोले प्रतिनिधिसभा...

बजेटले सही दिशा समातेको: महासंघ अध्यक्ष श्रेष्ठ

२०८३ जेठ २५ गते १५:४४

काठमाण्डू, २५ जेठ– नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष अञ्जन श्रेष्ठले आगामी आर्थिक वर्ष ०८३–८४ को बजेटले सही दिशा समातेको बताएका छन । आज (सोमबार) महासंघले आयोजना गरेको नीति संवादमा अध्यक्ष श्रेष्ठले लगानीको वातावरण सुधार गर्न, उत्पादन बढाउन र स्वदेशमै रोजगारी सिर्जना गर्ने सन्दर्भमा बजेटले...

प्रधानमन्त्रीले सदनमा आएर आफ्नो बोली नसच्याउँदासम्म कार्यसूची अगाडि बढ्दैनः हर्कराज राई

२०८३ जेठ २५ गते १५:३८

काठमाण्डू, २५ जेठ– श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा आएर आफूले बोलेको वाक्य नसच्याउँदै सदनको काम कारबाही अगाडि बढ्न नसक्ने बताएका छन । आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा सांसद राईले भने–‘प्रधानमन्त्रीले सीमा सम्बन्धमा व्यक्त गरेको...

मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः डा. सीके राउत

२०८३ जेठ २५ गते १५:३२

काठमाण्डू, २५ जेठ– जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको बताएका छन । आज (सोमबार) काठमाण्डूको माइतीघरमा जनमत पार्टीले आयोजना गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै अध्यक्ष राउतले यस्तो बताएका हुन । उनले नेपालमा जुनसुकै शासन...

सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

२०८३ जेठ २५ गते १४:३१

काठमाण्डू, २५ जेठ– सुनसरीको इनरुवामा मोटर साइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन । मृत्यु हुनेमा मोटरसाइकल चालक इनरुवा नगरपालिका–८ का २९ वर्षीय विनोद चौधरी रहेको प्रहरीले जनाएको छ । सुनसरीको झुम्काबाट इनरुवातर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प...

विषयगत मन्त्रालयको जवाफ प्रधानमन्त्रीले दिनुहुन्नः कवीन्द्र बुर्लाकोटी

२०८३ जेठ २५ गते १४:२६

काठमाण्डू, २५ जेठ– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कवीन्द्र बुर्लाकोटीले संसदमा विपक्षी दलहरूले माग गरेबमोजिम प्रधानमन्त्रीले जवाफ नदिने बताएका छन । आज (सोमबार) सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिने क्रममा रास्वपा महामन्त्री बुर्लाकोटीले यस्तो बताएका हुन ।...

प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्छः वर्षमान पुन

२०८३ जेठ २५ गते १४:२०

काठमाण्डू, २५ जेठ– प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले प्रतिनिधिसभामा नेपालले भारतको सीमा नेपालले मिचेको छ भन्ने अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्छ भन्ने आफूहरूको अडान कायमै रहेको बताएका छन । आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद...

अर्थमन्त्रीमाथि छानबिन हुनुपर्छः ज्ञानबाहादुर शाही

२०८३ जेठ २५ गते १४:१६

काठमाण्डू, २५ जेठ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबाहादुर शाहीले करका दर हेरफेर गर्ने विषय अर्थमन्त्रीबाहेक अरू कसैलाई थाहा नहुने भन्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेमाथि छानबिन गर्दै राजद्रोहको मुद्दा लाग्नुपर्ने बताएका छन । आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै राप्रपा संसदीय दलका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us