काठमाण्डू, २१ जेठ– प्रधानमन्त्री बालेन शाह (वालेन)ले समानता, सम्मान र मानवीय मर्यादाका मूल्यहरूलाई व्यवहारमा उतार्दै विभेदविरुद्ध सचेत र उत्तरदायी सामाजिक वातावरण निर्माण गर्नु सबैको साझा दायित्व भएको बताएका छन । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस, २०८३ को अवसरमा बिहीबार एक शुभकामना सन्देश...
काठमाण्डू, २१ जेठ– सङ्खुवासभामा निर्माणाधीन उत्तर–दक्षिण कोशी राजमार्ग अन्तरर्गत खाँदबारी–किमाथांका सडक खण्डमा कार्यरत मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको इटहरी उपमहानगरपालिका–१७ बालग्राम निवासी ६० वर्षीय छुथरुङ मुसहर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिएका छन । मजदुर...
काठमाण्डू, २१ जेठ– एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरले सरकार सर्वसत्तावादी अभ्यासमा रहेकाले संसद् अवरोध गर्नुपरेको बताएका छन । आज (बिहीबार) एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन । उनले आफूहरूलाई विरोध गर्ने रहर नहुँदानहुँदै सरकारले बाध्य पारेको...
काठमाण्डू, २१ जेठ– परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार (भोलि) देखि तीन दिने औपचारिक भ्रमणका लागि भारत जाने भएका छन । परराष्ट्र मन्त्रालयले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री खनालको भारत भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक गरेको हो । भारतीय विदेशमन्त्री डा. एस। जयशङ्करको सौहार्दपूर्ण निमन्त्रणामा...
काठमाण्डू, २१ जेठ– नेपाल सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपालको विधि विज्ञान प्रयोगशालालाई अन्तर्राष्ट्रिय स्तर र थप विश्वश्नीय बनाउन सरकारले आवश्यक कानुन बनाउन खोजेको बताएका छन । आज (बिहिबार) सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको...
काठमाण्डू, २१ जेठ– जिल्ला अदालत ललितपुरले टिकटकर तुल्सा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । उनलाई प्रहरीले इन्टरपोलको सहयोगमा १७ जेठमा थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याएर...
काठमाण्डू, २१ जेठ– कीर्तिपुरको होल्डिङ सेन्टरमा बसिरहेका सुकुमवासी समुदायबाट विस्थापित भेषबहादुर दर्जीको मृत्यु भएको छ । उनको बिहीबार वीर अस्पतालको आईसीयूमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ । दर्जीको मृत्यु भएको उनकी पत्नी विमला सुनुवारले जानकारी दिएकी छन । होल्डिङ सेन्टरमै बिरामी अवस्थामा बसिरहेका...
काठमाण्डू, २१ जेठ– प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन शाहले प्रश्नोत्तर कार्यक्रममा बोल्दै नेपालले भारतीय भूमि मिचेको बताएपछि यसको पक्ष र विपक्षमा बहस जारी छ । खास गरी विपक्षी दलका सांसदहरूले यही विषयलाई लिएर संघीय संसद्का दुवै सदन अवरोध गर्दै आइरहेका छन् । यही विषयमा सत्ता...
काठमाण्डू, २१ जेठ– ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले चढ्ने स्कर्पियो नै चोरी भएको छ । मध्यराति ठेचोबाट उक्त स्कर्पियो चोरी भएको पाइएको छ । स्कर्पियो हराएपछि प्रहरीमा उजुरी परेको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले...
काठमाण्डू, २१ जेठ– पासपोर्टले तपाईं विश्वका कति भागहरूमा पुग्न सक्नुहुन्छ र कति देशमा भिसाविना प्रवेश (भिसा–फ्री इन्ट्री) पाउन सक्नुहुन्छ भन्ने तय गर्छ । कुनै देशका नागरिकहरूले भिसाविना कतिवटा देशमा जान सक्छन् भन्ने आधारमा विश्वभरका पासपोर्टहरूको शक्तिलाई मापन गर्ने हेन्ली पासपोर्ट इन्डेक्स–२०२६ को नयाँ प्रतिवेदन...
काठमाण्डू, २१ जेठ– वालेन्द्र शाह नेतृत्वको सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले अहिलेको मन्त्रिपरिषदको सम्पत्ति छानबिन नगर्ने भएको छ । वर्तमान सरकारका प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन आयोगको कार्यादेश (टीओआर) मा छैन । सरकारले ०६२–६३ यता सार्वजनिक उच्च ओहदामा रहेका पदाधिकारीहरूको सम्पत्ति छानबिनका लागि...
काठमाण्डू, २१ जेठ– ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको सुपर तमोर जलविद्युत आयोजनाको लागि वित्तीय व्यवस्थापनसम्बन्धि दुई पक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । यस आयोजनाको प्रवर्द्धक कम्पनी क्रिष्टल पावर डेभलपमेण्ट प्रा. लि. र सहभागी बैंकहरुबिच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो ।...