टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

काठमाण्डु टुडे २०८३ जेठ २१ गते १६:३५ मा प्रकाशित

काठमाण्डू, २१ जेठ– जिल्ला अदालत ललितपुरले टिकटकर तुल्सा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।

उनलाई प्रहरीले इन्टरपोलको सहयोगमा १७ जेठमा थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याएर अदालतमा पेस गरेको थियो । उनीविरुद्ध आपराधिक विश्वासघात, संगठित अपराध, सम्पत्ति शुद्धीकरणसमेतको मुद्दा छ ।

उनी पछिल्लो समय चीनमा बस्दै आएकी थिइन् । प्रहरीले अनुसन्धान अघि बढाएपछि उनले सामाजिक सञ्जालबाटै प्रहरीमाथि आक्रोश पोखेकी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us