समाचार

लोकतन्त्रको जग बलियो बनाउन स्वतन्त्र प्रेसको भूमिका अपरिहार्यः सभामुख

२०८२ वैशाख २० गते ११:२७

काठमाण्डू, २० वैशाख–सभामुख देवराज घिमिरेले प्रेस स्वतन्त्रता जस्तो संवेदनशील विषयमा संसद सधैं सजग र प्रतिबद्ध रहने बताएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को अवसरमा जारी सन्देशमार्फत उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संविधानले मौलिक हकका रूपमा अंगीकार गरिसकेको स्मरण गराएका हुन् । सभामुखका अनुसार...

जहाँ छन् नागरिकताधारी अनागरिक !

२०८२ वैशाख २० गते ११:२२

कञ्चनपुर, २० वैशाख– रात पर्नासाथ ढक्का शिविर अन्धकारमा हराउँछ । बालबालिका पढ्न र गृहकार्य गर्न पाउँदैनन् । वृद्धवृद्धाहरूले औषधि देख्न सक्दैनन्, र आमाले साँझको भात पकाउन मोबाइलको उज्यालोको सहारा लिनुपर्छ । यो कथा हो, कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित ६ सय ४ परिवारको ।...

बदनाम पप्पुले अलपत्र पारेको काम लुम्बिनी बिल्डर्सले पनि गर्न सकेन, ठेक्का तोड्ने तयारी

२०८२ वैशाख २० गते १०:५७

सिरहा, २० वैशाख– हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने १३ वर्षदेखि निर्माणाधीन कमला पुल निर्माण कम्पनीले काम रोकेपछि ठेक्का सम्झौता तोड्ने तयारी थालिएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरले जनाएको छ । निर्माण कम्पनी ‘लुम्बिनी बिल्डर्स’ लाई आगामी असार मसान्तसम्म भासिएको पुलको पुनःनिर्माण सम्मन्न...

ओलीले बालुवाटारमा बोलाए एमाले संसदीय दल बैठक

२०८२ वैशाख २० गते १०:४१

काठमाण्डू, २० वैशाख– प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले पार्टीको संसदीय दलको बैठक बोलाएका छन् । बैठक दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको छ । एमाले प्रमुख सचेतक महेश बर्तौलाका अनुसार बैठकमा शुक्रबार संसद्मा प्रस्तुत गरिएको सरकारको नीति तथा कार्यक्रमको समीक्षा...

तुम्लिङटारको त्रासदी: बुहारीद्वारा किशोर परिचालन गरी ससुराको हत्या

२०८२ वैशाख २० गते १०:३४

संखुवासभा, २० वैशाख — संखुवासभाको तुम्लिङटार अहिले एउटा अमानवीय घटनाले स्तब्ध छ । एउटा सामान्य गाउँघरको झगडाले त्यस्तो मोड लियो, जसले एउटै घरभित्र हत्या गराउन सक्ने हदसम्मको कटुता जन्मायो । शनिबार राति ७२ वर्षीय मनबहादुर कुमालको हत्या भयो । हत्या कसैले बाहिरबाट आएर गरेन—उनीमाथि...

ब्राउन सुगरसहित तीन युवक पक्राउ

२०८२ वैशाख २० गते १०:२७

बर्दिया, २० वैशाख– प्रहरीले बर्दियाबाट लागू औषध ब्राउन सुगरसहित तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये दुई जना भारतबाट नेपाल प्रवेश गर्ने क्रममा साघुनघारी क्षेत्रमा चेकजाँचका क्रममा समातिएका हुन् भने तेस्रो व्यक्ति भने बेग्लै स्थानबाट पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा...

आज यी तीन प्रदेशमा हुँदैछ वर्षा

२०८२ वैशाख २० गते १०:२२

काठमाण्डू, २० वैशाख–हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावा आंशिक प्रभाव नेपालमा छ । जसको प्रभावले हाल कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको र...

निरंकुशता अन्त्यका लागि नेपाली प्रेसको भूमिका अतुलनीयः राष्ट्रपति

२०८२ वैशाख २० गते १०:१९

काठमाण्डू, २० वैशाख–राष्ट्रपति रामचन्द्र पौडेलले सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहने विश्वास व्यक्त गरेका छन् । विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) का अवसरमा आज शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले विश्वासका साथ राज्यका तीनवटै अङ्गलाई सजग र सतर्कतापूर्वक कार्य...

नेपालको लोकतान्त्रिक यात्रामा सञ्चार माध्यमको योगदान महत्वपूर्ण छः प्रचण्ड

२०८२ वैशाख २० गते १०:१७

काठमाण्डू, २० वैशाख–नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रेस स्वतन्त्रता दिवसको अवसरमा सन्देश दिँदै नेपालको लोकतान्त्रिक यात्रा र संविधान कार्यान्वयनमा सञ्चार माध्यमको योगदान अत्यन्तै महत्वपूर्ण रहेको बताएका छन् । मे ३ मा मनाइने विश्व प्रेस स्वतन्त्रता दिवसको सन्दर्भमा जारी सन्देशमा उनले...

नीति कार्यक्रम छोटो, तर परम्परागत

२०८२ वैशाख १९ गते १९:२२

काठमाण्डू, १९ वैशाख– सरकारले आगामी आर्थिक वर्षका लागि शुक्रबार संघीय संसदका दुवै सदनको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । यसपटकको नीति कार्यक्रम विगतको तुलनामा धेरै छोटो र संक्षिप्त छ । राष्ट्रपति रामचन्द्र पौडेलले ५६ पेजको नीति तथा कार्यक्रम प्रस्तुत गरे । यो...

शाक्यद्वारा कुलमानलाई खराब देखाउने गरी श्वेतपत्र जारी

२०८२ वैशाख १९ गते १९:१५

काठमाण्डू, १९ वैशाख– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकालको दौरान प्राधिकरणको वित्तीय अवस्था र विद्युत चुहावटको अवस्थामा सुधार नभएको दाबीसहित शुक्रबार श्वेतपत्र जारी गरेका छन् । श्वेतपत्रमा घिसिङले प्रस्तुत गरेका विवरणहरूसँग तुलना गरिएको छ । शाक्यले झण्डै...

काँग्रेस सांसद राईलाई थप ५ दिन हिरासत राख्न अनुमति

२०८२ वैशाख १९ गते १९:०१

काठमाण्डू, १९ वैशाख– सहकारी ठगी र संगठित अपराध आरोपमा पक्राउ परेकी सत्तारुढ कांग्रेस सांसद माया राईलाई थप ५ दिन हिरातमा राख्न अदालतले अनुमति दिएको छ । काठमाण्डू जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेको इजलासले शुक्रबार उनलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us