समाचार

नीति कार्यक्रमबारे बाबुरामको टिप्पणीः प्राथमिकता नै स्पष्ट छैन

२०८२ वैशाख १९ गते १८:५४

काठमाण्डू, १९ वैशाख– नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा।बाबुराम भट्टराईले सरकारको नीति तथा कार्यक्रम परम्परागत ढर्रामा सीमित रहेको टिप्पणी गरेका छन् । संसदमा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रमप्रति प्रतिक्रिया दिंदै उनले विगतको निरन्तरताकै रुपमा नीत कार्यक्रम आएको बताए । फरक...

कल्पनाशीलता हराएको नीति कार्यक्रमः रास्वपा

२०८२ वैशाख १९ गते १८:४९

काठमाण्डू, १९ वैशाख– सरकारले शुक्रबार संघीय संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गम्भीर असहमति जनाएको छ । रास्वपा सांसद् शिशिर खनालले आगामी आर्थिक वर्षका लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमप्रति असन्तोष व्यक्त गरे । संघीयसंसद्...

नीति तथा कार्यक्रमबारे २२ गतेदेखि छलफल, २८ गते प्रधानमन्त्रीको जवाफ

२०८२ वैशाख १९ गते १८:४२

काठमाण्डू, १९ वैशाख– सरकारले शुक्रबार संघीय संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा आगामी वैशाख २२ गतेदेखि विस्तृत छलफल सुरु हुने भएको छ । शुक्रबार बसेको संघीय संसदको संयुक्त बैठकमा सभामुख देवराज घिमिरेले नीति कार्यक्रममाथि छलफलको समयतालिका सार्वजनिक गरेका हुन् ।...

नीति तथा कार्यक्रम निरस र दिशाहीनः माओवादी

२०८२ वैशाख १९ गते १८:३३

काठमाण्डू, १९ वैशाख– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले आगामी आर्थिक वर्षका लागि शुक्रबार सरकारले संघीय संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम परम्परागत र निरश रहेको टिप्पणी गरेको छ । पूर्वअर्थमन्त्रीसमेत रहेका सो पार्टीका उपमहासचिव वर्षमान पुनले नीति तथा कार्यक्रमलाई दिशाहीनको संज्ञा दिए ।...

राष्ट्रपति नामका दुई कार्यक्रम हटाइए

२०८२ वैशाख १९ गते १८:२३

काठमाण्डू, १९ वैशाख– सरकारले राष्ट्रपतिको नाम जोडिएका दुईवटा कार्यक्रम हटाएको छ । संघीय संसद बैठकमा शुक्रबार प्रस्तुत आर्थिक वर्ष ०८१/०८२ को नीति तथा कार्यक्रममा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम र राष्ट्रपति महिला उत्थान कार्यक्रम हटाइएको हो । शैक्षिक सुधार कार्यक्रमलाई परिमार्जन राष्ट्रिय शैक्षिक सुधार कार्यक्रमको...

सरकारको नीति तथा कार्यक्रम: भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिइने

२०८२ वैशाख १९ गते १७:४५

काठमाण्डू, १९ वैशाख– सरकारले भ्रष्टाचार नियन्त्रण गर्न शून्य सहनशीलताको नीति लिइने प्रतिबद्धता पुनः जनाएको छ । आज (शुक्रबार) राष्ट्रपति रामचन्द्र पौडेलमार्फत प्रस्तुत सरकारको आगामी आर्थिक वर्ष ०८२–८३ को नीति तथा कार्यक्रममार्फत यस्तो प्रतिबद्धता जनाएका हुन । भ्रष्टाचार नियन्त्रण गर्न शून्य सहनशीलता नीति लिइने छ,’...

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०८२ वैशाख १९ गते १७:३०

काठमाण्डू, १९ वैशाख– मकवानपुरमा ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी गाउँपालिका–८ बस्ने राक्सिराङ गाउँपालिका–९ घर भएका ७० वर्षीय गंगाबहादुर स्याङ्तान रहेको प्रहरीले जानकारी दिएको छ । स्याङ्तानलाई शुक्रबार बिहान हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना.५ ख ७७१२ नम्बरको ट्रकले...

स्नातकमाथिका विद्यार्थीलाई हप्ताको २० घण्टा काम, न्यूनतम ज्याला

२०८२ वैशाख १९ गते १७:१९

काठमाण्डू, १९ वैशाख– सरकारले सरकारले स्नातक माथिका विद्यार्थीालाई हप्ताको २० घण्टा कामको व्यवस्था गर्ने भएको छ । आज (शुक्रबार) राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिजक गरेको सरकारको नीति तथा कार्यक्रममा विद्यार्थीलाई हप्ताको २० घण्टा कामको व्यवस्था गरिएको हो । ‘बढीमा हप्तामा २० घण्टा कामको न्यूनतम ज्याला...

राष्ट्रपति चुरे तराई मधेश संरक्षण परियोजना पुनर्संरचना गरिने

२०८२ वैशाख १९ गते १७:०२

काठमाण्डू, १९ वैशाख– सरकारले चुरे संरक्षणका लागि गुरुयोजना पुनरावलोकन गर्ने भएको छ । साथै राष्ट्रपति चुरे तराई मधेश संरक्षण परियोजनाको पुनर्संरचना गरी राष्ट्रिय चुरे संरक्षण आयोजनाको रूपमा अघि बढाउने तयारी समेत गरेको छ । आगामी आर्थिक वर्ष ०८२–८३ को नीति तथा कार्यक्रममा सरकारले सो...

नीति तथा कार्यक्रममा आशा देखिएनः कांग्रेस सांसद केसी

२०८२ वैशाख १९ गते १६:५९

काठमाण्डू, १९ वैशाख– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसका सांसद अर्जुनरसिंह केसीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले आशा र भरोसाको वातावरण सिर्जना गर्न नसकेको दाबी गरेका छन । आज (शुक्रबार) संघीय संसद् परिसरमा नीति तथा कार्यक्रमबारे संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन...

शिक्षा विधेयक यही अधिवेशनबाट पारित गर्ने सरकारको घोषणा

२०८२ वैशाख १९ गते १६:४६

काठमाण्डू, १९ वैशाख– सरकारले सरकारले शिक्षा सम्बन्धि विधेयक संसद्को यही अधिवेशनबाट पारित गर्ने घोषणा गरेको छ । आज (शुक्रबार) सङ्घीय संसद्का दुबै सदनमा आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन । राष्ट्रपति पौडेलले भने, ‘शिक्षा...

सरकारले हेलो सरकारमार्फत प्राप्त गुनासाहरूको शीघ्र सम्बोधन गर्ने

२०८२ वैशाख १९ गते १६:४३

काठमाण्डू, १९ वैशाख– सरकारले भ्रष्टाचार नियन्त्रण गर्न शून्य सहनशीलताको नीति लिइने प्रतिबद्धता पुनः जनाएको छ । आज (शुक्रबार) राष्ट्रपति रामचन्द्र पौडेलमार्फत प्रस्तुत सरकारको आगामी आर्थिक वर्ष ०८२–८३ को नीति तथा कार्यक्रममार्फत यस्तो प्रतिबद्धता जनाएका हुन । भ्रष्टाचार नियन्त्रण गर्न शून्य सहनशीलता नीति लिइने छ,’...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us