राष्ट्रपति चुरे तराई मधेश संरक्षण परियोजना पुनर्संरचना गरिने

काठमाण्डु टुडे २०८२ वैशाख १९ गते १७:०२ मा प्रकाशित

काठमाण्डू, १९ वैशाख– सरकारले चुरे संरक्षणका लागि गुरुयोजना पुनरावलोकन गर्ने भएको छ । साथै राष्ट्रपति चुरे तराई मधेश संरक्षण परियोजनाको पुनर्संरचना गरी राष्ट्रिय चुरे संरक्षण आयोजनाको रूपमा अघि बढाउने तयारी समेत गरेको छ ।

आगामी आर्थिक वर्ष ०८२–८३ को नीति तथा कार्यक्रममा सरकारले सो योजना समेटेको हो । संघीय संसद्‌मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भने, ‘चुरे संरक्षणका लागि गुरुयोजना पुनरावलोकन गरिने छ ।

राष्ट्रपति चुरे तराई मधेश संरक्षण परियोजनाको पुनर्संरचना गरी राष्ट्रिय चुरे संरक्षण आयोजनाको रूपमा अघि बढाइनेछ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us