स्नातकमाथिका विद्यार्थीलाई हप्ताको २० घण्टा काम, न्यूनतम ज्याला

काठमाण्डु टुडे २०८२ वैशाख १९ गते १७:१९ मा प्रकाशित

काठमाण्डू, १९ वैशाख– सरकारले सरकारले स्नातक माथिका विद्यार्थीालाई हप्ताको २० घण्टा कामको व्यवस्था गर्ने भएको छ ।

आज (शुक्रबार) राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिजक गरेको सरकारको नीति तथा कार्यक्रममा विद्यार्थीलाई हप्ताको २० घण्टा कामको व्यवस्था गरिएको हो ।

‘बढीमा हप्तामा २० घण्टा कामको न्यूनतम ज्याला निश्चित गरी ’कमाउँदै–पढ्दै’ को नीति लागु गरिनेछ,’ राष्ट्रपति पौडेलले भने । स्थानीय तहदेखि केन्द्रसम्म सरकारी सेवामा इन्टर्नलाई प्रयोग गरिने पनि सरकारको नीति रहेको पनि उनले बताए । ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us