
काठमाण्डू, १९ वैशाख– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसका सांसद अर्जुनरसिंह केसीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले आशा र भरोसाको वातावरण सिर्जना गर्न नसकेको दाबी गरेका छन ।
आज (शुक्रबार) संघीय संसद् परिसरमा नीति तथा कार्यक्रमबारे संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन । उनले बलियो आँटसहित नआएको गुनासो समेत गरेका छन । सांसद केसील भने, ‘कमजोर नै छ त भन्दिनँ ।
जुन खालको दह्रो आँटसहित यो समयसिमाभित्र यसरी जान्छौं भन्ने आशा भरोसाको वातावरण सिर्जना गर्नुपर्ने हो त्यो मैले देखिनँ ।’ नीति तथा कार्यक्रमको प्रतिवद्धता र दृढता मुख्य कुरा भएको उनको भनाइ छ ।