ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाण्डु टुडे २०८२ वैशाख १९ गते १७:३० मा प्रकाशित

काठमाण्डू, १९ वैशाख– मकवानपुरमा ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मनहरी गाउँपालिका–८ बस्ने राक्सिराङ गाउँपालिका–९ घर भएका ७० वर्षीय गंगाबहादुर स्याङ्तान रहेको प्रहरीले जानकारी दिएको छ ।

स्याङ्तानलाई शुक्रबार बिहान हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना.५ ख ७७१२ नम्बरको ट्रकले सिमपानीस्थित सडकमा ठक्कर दिएको हो । सडकमा हिँडिरहेको समयमा ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जानकारी दिएको छ ।

प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us