
काठमाण्डू, २० वैशाख– प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले पार्टीको संसदीय दलको बैठक बोलाएका छन् ।
बैठक दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको छ ।
एमाले प्रमुख सचेतक महेश बर्तौलाका अनुसार बैठकमा शुक्रबार संसद्मा प्रस्तुत गरिएको सरकारको नीति तथा कार्यक्रमको समीक्षा गरिनेछ । साथै, संसद्मा छलफलमा आउने विधेयकहरूबारे पनि आवश्यक तयारी र पार्टीको धारणा तय गर्ने विषयमा छलफल हुने बताइएको छ ।
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि सरकारको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गरेका थिए । सो कार्यक्रममाथि अब प्रतिनिधि सभा र राष्ट्रिय सभामा छलफल हुने प्रक्रिया अघि बढ्नेछ ।
बैठकमा संसदमा उठ्ने प्रमुख विषयहरूबारे सांसदहरूलाई मार्गदर्शन दिने र पार्टीको तर्फबाट एकरूप धारणा बनाउन रणनीति तय गरिने जनाइएको छ ।