समाचार

भिजिट भिसा प्रकरणः रास्वपाको अडान कायमै

२०८२ असार १७ गते ११:११

काठमाण्डू, ३० जेठ– प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा आफ्नो अडान कायमै रहेको प्रतिक्रिया दिएको छ । उक्त प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने अडान राख्दै आएको सो पार्टीले शुक्रबार एमाले र माओवादीबिच भएको २ बुँदे सहमतिमा सहभागी छैन । प्रमुख प्रतिपक्षी...

निजामती विधेयकमा हेरफेर जनताप्रतिको घोर अपराध, संसदप्रतिको अपमानः शेखर कोइराला

२०८२ असार १७ गते १०:००

काठमाण्डू, १७ असार– नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले संसदीय प्रक्रियाबाट सर्वसम्मत रूपमा पारित भएको निजामती सेवा विधेयकमा संसदमा पेस गर्नुअघि अनधिकृत रूपमा गरिएका संशोधनहरूलाई ‘घोर अपराध’ भन्दै आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमार्फत कोइरालाले त्यसले संसदको सम्मानमाथि नै प्रहार गरेको टिप्पणी गरेका हुन्...

ट्रक दुर्घटनामा चालकको मृत्यु, सह-चालक घाइते

२०८२ असार १७ गते ९:४९

मकवानपुर, १७ असार–पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे क्नजिकै मंगलबार बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सहचालक घाइते भएका छन् । भारतको बनारसबाट सिमेन्ट उद्योगका लागि कोइला बोकेर आइरहेको युपी–६–एटी–०९६२ नम्बरको लहरी ट्रक अनियन्त्रित भई दुर्घटनामा परेको हो । ट्रकको अगाडि भाग...

मोटरसाइकलसहति खसेर चालकको मृत्यु

२०८२ असार १७ गते ९:४०

रुकुमपूर्व, १७ असार– रुकुमपूर्वको सिस्ने गाउँपालिका–४ तातोपानीमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५४ वर्षीय दलप्रसाद सुनार छन् । रुकुमकोटबाट सिस्ने–३ पोखरा गाउँतर्फ जाँदै गरेको रा३प ४५३४ नम्बरको मोटरसाइकल सोमबार साँझ करिब साढे ६ बजेतिर अनियन्त्रित भई सडकबाट झन्डै...

पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर मुद्धा दायर

२०८२ असार १६ गते २१:५५

काठमाण्डू, १६ असार– पत्रकार दिलभूषण पाठकमाथि विद्युतीय कारोबारसम्बन्धी अपराधमा मुद्धा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार काठमाण्डू जिल्ला अदालतमा विद्युतीय कारोबार ऐनअनुसार अभियोगपत्र दर्ता गरेको हो । सह–न्यायाधिवक्ता रामहरि शर्मा काफ्लेका अनुसार नेपाल प्रहरीको साइबर ब्युरोबाट प्राप्त अनुसन्धान प्रतिवेदनका आधारमा सो...

काठमाण्डूमा चार तले भवनबाट खसेर दुई मजदुरको मृत्यु

२०८२ असार १६ गते २१:४६

काठमाण्डू, १६ असार– काठमाण्डूको दरबारमार्गस्थित एक घरको चौथो तलाबाट खरेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीका ३२ वर्षीय प्रदेशी चौधरी र बर्दियाका करिब २२ वर्ष विशाल चौधरी छन् । दरबारमार्गको हिटीपोखरी नजिकै निर्माणाधीन घरको चौथो तलाबाट खसेर सोमबार साँझ दुई कामदारको...

नागार्जुनका मेयर मोहन बस्नेत भ्रष्टाचारी ठहर, ११ वर्ष तीन महिना जेल सजाय

२०८२ असार १६ गते २१:३४

काठमाण्डू, १६ असार– विशेष अदालतले काठमाण्डूको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतलाई भ्रष्टाचार मुद्धामा दोषी ठहर गर्दै ८ वर्ष कैद सजाय सुनाएको छ । न्यायाधीश टेकनारायण कुँवर र रामबहादुर थापाको संयुक्त इजलासले सोमबार सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा दोषी ठहर गर्दै बस्नेतलाई ८ वर्ष कैद सजाय सुनाएको...

विद्यालय शिक्षा विधेयक सरकारका कारण रोकिने अवस्थामा पुग्योः पौडेल

२०८२ असार १६ गते १८:२७

काठमाण्डू, १६ असार– नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सरकारका कारण विद्यालय शिक्षा विधेयक रोकिने अवस्थामा पुगेको दाबी गरेका छन । समितिबाट पास गराउने अन्तिम चरणमा रहेको यो विधेयक अन्तिम अवस्थामा पुगेर अड्किने संकेत देखिएको छ । विद्यालय शिक्षा विधेयकका केही विषयमा कुरा नमिल्दा...

तमोर नदीमा नुहाउने क्रममा बगेर एक जना बेपत्ता

२०८२ असार १६ गते १७:४३

काठमाण्डू, १६ असार– ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–३ का एक युवा तमोर नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका छन । मिक्वाखोला–३ निवासी २५ वर्षीय लाक्पा शेर्पा आज दिउँसो साढे १२ बजे फुङ्लिङ नगरपालिका–१ स्थित तमोर नदीमा नुहाउने क्रममा बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी...

महिलाको अश्लिल भिडिओ बनाउँदै बेच्ने गरेको आरोपमा एक व्यक्ति पक्राउ

२०८२ असार १६ गते १७:४०

काठमाण्डू, १६ असार– प्रहरीले महिलाको अश्लिल भिडिओ बनाउँदै बेचेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ घर भएका २९ वर्षीय रमेश थापा छन् । उनलाई प्रहरीले काठमाण्डूको टोखाबाट पक्राउ गरेको हो । उनले नेपाल र विदेशमा समेत रहेका महिला...

प्रधानमन्त्रीलाई कन्ट्याक्ट गरौं, विधेयक आजै पास हुनुपर्छः रेखा शर्मा

२०८२ असार १६ गते १७:३६

काठमाण्डू, १६ असार– पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले आजै राति १२ बजेसम्म बैठक बसेर भए पनि विद्यालय शिक्षा विधेयक पास गर्नुपर्ने बताएकी छन । उनले बिहानै विधेयक टार्ने प्रयास हुँदै गरेको सूचना पाएको र दिउँसोसम्म त्यो विषय पुष्टि भएको भन्दै...

सबैलाई खुसी पार्न सकिँदैन, आजै पास गरौंः डिगबहादुर लिम्बू

२०८२ असार १६ गते १७:२९

काठमाण्डू, १६ असार– कांग्रेस सांसद डिगबहादुर लिम्बुले विद्यालय शिक्षा विधेयकमा सबैलाई खुसी बनाएर जान नसक्‍ने भन्‍दै आजै पास गर्नु पर्ने तर्क गरेका छन । आज (सोमबार) शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकमा बोल्दै कांग्रेस सांसद लिम्बुले यस्तो बताएका हुन । उनले देशभरीका शिक्षकलाई खुसी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us