समाचार

उच्च सतर्कता र तयारी अवस्थामा रहन मुख्यमन्त्रीको निर्देशन

२०८२ असार १६ गते १३:२६

काठमाण्डू, १६ असार– सुदूरपश्चिममा लगातार भारी वर्षा भएपछि मुख्यमन्त्री कमलबहादुर शाहले सुरक्षा निकायहरूलाई उच्च सतर्कता अपनाउन र परिचालनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन । ‘भारी वर्षापछि लगातारको भारी वर्षाका कारण कैलाली, कञ्चनपुर लगायत आसपासका क्षेत्रहरू जलमग्न भएपछि मुख्यमन्त्री शाहले भनेका छन्’, ‘बाढीबाट...

राजनीतिक, सामाजिक र न्यायिक क्षेत्रमा विचलन आयोः सांसद शर्मा

२०८२ असार १६ गते १३:२१

काठमाण्डू, १६ असार– पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले राजनीतिक, सामाजिक र न्यायिक क्षेत्रमा विचलन आइरहेको दाबी गरेका छन । संसदीय सुनुवाइ समितिको सोमबारको बैठकमा बोल्दै उपमहासचिव शर्माले यस्तो बताएका हुन । समितिको बैठकमा सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश शान्ति सिंह थापा...

समिति बैठक रोकेर शिक्षा विधेयकबारे मन्त्रालयमा छलफल

२०८२ असार १६ गते १३:१५

काठमाण्डू, १६ असार– विद्यालय शिक्षा विधेयकबारे शिक्षा मन्त्रालयमा छलफल जारी छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक रोकेर नमिलेका कुरामा सहमति गर्न मन्त्रालयमा सरोकारवालबीच छलफल सुरु भएको हो । बिहान साढे ८ बजेको लागि बोलाइएको समितिको बैठक २ बजेलाई सारिएको स्रोतले जानकारी...

मोहना नदीमा बाढीको सतह बढ्दो, किनारका बासिन्दालाई सतर्क रहन आग्रह

२०८२ असार १६ गते १२:१९

काठमाण्डू, १६ असार– कैलालीको मोहना नदीको बाढी बढ्दो क्रममा रहेकाले नदी किनार क्षेत्रका बासिन्दालाई आज बेलुकासम्मै सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । जोखिम क्षेत्रका बासिन्दालाई विभागले एसएमएस पठाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ । मोहना नदीको जलमापन केन्द्रमा अहिले...

झापामा फर्निचर पसलमा आगलागी, १२ लाख बराबरको क्षति

२०८२ असार १६ गते १२:१०

काठमाण्डू, १६ असार– झापाको अर्जनुधारा नगरपालिका ११ मा पर्ने बसपार्कस्थित खड्का फर्निचरमा आगलागीहुँदा १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ । आगलागीबाट १२ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यलय झापाले जानकारी दिएको छ । मोती बहादुर खड्काको टिनको छानो र टिनको...

श्रीमतीको हत्या भएको ३ वर्षपछि श्रीमान् पक्राउ

२०८२ असार १६ गते १२:००

काठमाण्डू, १६ असार– श्रीमती हत्याको तीन वर्षपछि श्रीमान्लाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको इशनाथ नगरपालिका–४ घिउरा टोलका फैयाद मिया मन्सुरी रहेको प्रहरीले जानकारी दिएको छ । उनलाई जिल्ला प्रहरी कार्यालयले रौतहटले पक्राउ गरेको हो । उनले २६ माघ २०७८ मा आफ्नी...

टिपरको ठक्करबाट युवकको मृत्यु

२०८२ असार १६ गते १०:०७

महोत्तरी, १६ असार–होत्तरीमा टिपरको ठक्करबाट एक युवकको ज्यान गएको छ । अर्का एक गम्भीर घाइते भएका छन् । बर्दिबास–जलेश्वर सडकखण्डमा आइतबार साँझ करिब साढे ७ बजेतिर बर्दिबासतर्फबाट आउँदै गरेको प्रदेश २–०३–००१क१३९१ नम्बरको टिपरले सोही दिशातर्फ गइरहेको मोटरसाइकललाई ठक्कर दिएको प्रारम्भिक जानकारी छ । टिपरले...

मुगु केन्द्रबिन्दु भएर पुनः भूकम्पको धक्का

२०८२ असार १६ गते ९:०८

मुगु, १६ असार– मुगुमा सोमबार बिहान पुनः भूकम्पको झट्का महसुस गरिएको छ । बिहान ८ बजेर ३९ मिनेटमा कोटडाँडा क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यसअघि आइतबार पनि मुगुको जिमा क्षेत्र नजिकै ४.८...

ओलीले स्पेनका प्रधानमन्त्रीलाई नेपाल बोलाए

२०८२ असार १६ गते ७:२२

काठमाण्डू, १६ असार– युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली र स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजबीच भेटवार्ता भएको छ । उनीहरुबीच आइतबार साँझ सेभियामा द्विपक्षीय भेटवार्ता भएको ओलीको सचिवालयले जनाएको छ । करिब ३० मिनेटको भेटमा पर्यटन, व्यापार, जलवायु परिवर्तन र कूटनीतिक सम्बन्ध विस्तार लगायत विषयमा...

पहिरोले सुर्खेत–जुम्ला सडक अवरुद्ध

२०८२ असार १६ गते ७:०६

सुर्खेत, १६ असार– वर्षासँगै पहिरो जाँदा सुर्खेत–जुम्ला सडक खण्ड अवरुद्ध भएको छ । प्रहरीका अनुसार कालिकोटको शुभकालिका गाउँपालिका–१ गगनेखोला र खाँडाचक्र नगरपालिका–१ को जिरो प्वाइन्टमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटले पहिरो पन्छाएर अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको...

कञ्चनपुरमा अतिभारी वर्षा

२०८२ असार १६ गते ७:०२

काठमाण्डू, १६ असार– कञ्चनपुरमा बिहानैदेखि अतिभारी वर्षा भइरहेको छ । बाढीका कारण खल्लागोठ र शान्तिपुर बेलौरी क्षेत्र भएर बहने सिहाली, मछेलीलगायत खोलामा बाढी आएको छ । मौसम पूर्वानुमान महाशाखाले पानीको बहाव थप बढ्न सक्ने भएकोले सतर्कता अपनाउन तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ ।...

आज यी स्थानमा भारीदेखि धेरै भारी वर्षा

२०८२ असार १६ गते ६:५५

काठमाण्डू, १६ असार– हाल देशभर मनसुन सक्रिय भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको प्रभाव अहिले पश्चिम नेपालतिर बढी देखिएको छ । सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा लगातार पानी परिरहेको छ । पछिल्लो तीन घन्टामा बेलौरीमा ९७.२ मिलिमिटर र कृष्णपुरमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us