
काठमाण्डू, १६ असार– श्रीमती हत्याको तीन वर्षपछि श्रीमान्लाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको इशनाथ नगरपालिका–४ घिउरा टोलका फैयाद मिया मन्सुरी रहेको प्रहरीले जानकारी दिएको छ ।
उनलाई जिल्ला प्रहरी कार्यालयले रौतहटले पक्राउ गरेको हो । उनले २६ माघ २०७८ मा आफ्नी श्रीमती २० वर्षीया चाँदनी खातुनको हत्या गरेको आरोप छ । घाँटीमा सलले बेरेर मुखमा पनि सल कोचेको अवस्थामा चाँदनी मृत भेटिएकी थिइन् ।
गहुँ खेतमा मन्सुरीले आफ्नै श्रीमती हत्या गरेको आरोप लागेको थियो । त्यसयता उनी फरार हुँदै आएका थिए । पक्राउ परेकाविरुद्ध रौतटह जिल्ला अदालतबाट कर्तव्य ज्यानको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।