समाचार

पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर अपराधको मुद्दा

२०८२ असार १६ गते १७:२५

काठमाण्डू, १६ असार– जिल्ला अदालत काठमाण्डूमा साइबर अपराध गरेको आरोपमा पत्रकार दिलभूषण पाठकविरुद्ध मुद्दा दायर भएको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले युट्युबमार्फत घृणा र द्वेष फैलाएको आरोपमा पाठकविरुद्ध मुद्दा दायर गरेको हो । प्रहरीले पक्राउ पूर्जी जारी गरेर पाठकमाथि अनुसन्धान अघि बढाउन खोजेको...

रविले संघीयता खारेजी र संविधान पुनर्लेखनको प्रस्ताव गरेः रवीन्द्र मिश्र

२०८२ असार १६ गते १७:२०

काठमाण्डू, १६ असार– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संघीयता खारेजी र संविधान पुनर्लेखनको प्रस्ताव गरेको दाबी गरेका छन । कारागारबाट लेखिएको लामिछानेको पत्रमा २०४६ सालपछिको ३६...

सुमनाको आक्रोशः शिक्षा विधेयक होल्ड गरेर राजनीतिक खेल नखेलौं

२०८२ असार १६ गते १६:५२

काठमाण्डू, १६ असार– पूर्व शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले विद्यालय शिक्षा विधेयक होल्ड गरेर राजनीतिक नखेल्न आग्रह गरेकी छन् । शिक्षा, विज्ञान तथा प्रविधि समितिको छलफलमा बोल्दै सांसद श्रेष्ठले यस्तो बताएकी हुन । उनले विधेयक संसदमा पेस...

देउवा भेटेर फर्किएका शिक्षामन्त्री पन्तको प्रस्ताव– बैठक स्थगित गरौं

२०८२ असार १६ गते १६:४५

काठमाण्डू, १६ असार– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा समितिको बैठक स्थगित गर्ने प्रस्ताव गरेका छन । पूर्व प्रधानमन्त्री एवं सत्ताको प्रमुख घटक दल कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर भर्खरै सिंहदरबार पुगेका शिक्षामन्त्री पन्तले बैठक स्थगित गर्ने प्रस्ताव समिति बैठकमा राखेका स्रोतले जानकारी...

शिक्षामन्त्रीले देउवालाई भेटेर फर्किएपछि शिक्षा समितिको बैठक

२०८२ असार १६ गते १६:४१

काठमाण्डू, १६ असार– शिक्षा समितिको बैठक जारी छ । बिहान साढे ८ बजे बोलाइएको बैठक अहिले ४ बजेपछि मात्रै सुरु भएको हो । विद्यालय शिक्षा विधेयकका केही विषयमा सहमति जुट्न नसक्दा बैठक बस्न ढिला भएको हो । असार १५ को डेटलाइन दिएर सडक संघर्ष...

शिक्षा विधेयकमा सहमति खोज्न सानेपा पुगे शिक्षामन्त्री पन्त

२०८२ असार १६ गते १६:३६

काठमाण्डू, १६ असार– शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त विद्यालय शिक्षा विधेयकमा सहमति खोज्न कांग्रेस सभापति देउवालाई भेट्न कांग्रेसको मुख्यालय सानेपामा पुगेका छन । ललितपुरको सानेपास्थित देउवाको कार्यकक्षमा उनीहरूबीच छलफल भएको थियो । शिक्षा विधेयकमा मिल्न नसकेका विषयमा सहमति जुटाउने प्रयास स्वरूप शिक्षामन्त्री पन्त...

कांग्रेस केन्द्रीय समिति बैठकमा १३ एजेण्डा पेस

२०८२ असार १६ गते १५:०५

काठमाण्डू, १६ असार– कांग्रेसको मुख्यालय सानेपामा केन्द्रीय समितिको बैठक जारी छ । जारी केन्द्रीय समिति बैठकमा १३ एजेण्डा पेस भएका छन् । केन्द्रीय कार्यालय सानेपामा सुरु बैठकमा महामन्त्री गगन थापाले बैठकमा छलफलका लागि १३ एजेण्डा पेस गरेका हुन् । पार्टीले सञ्चालन गरेको १०० दिने...

कार्तिक १७ गते रुपन्देही– ३ मा उपनिर्वाचन गर्ने आयोगको निर्णय

२०८२ असार १६ गते १५:००

काठमाण्डू, १६ असार– रुपन्देही क्षेत्र नं. ३ को उपनिर्वाचन आगामी १७ कार्तीकमा हुने भएको छ । आज (सोमबार) निर्वाचन आयोगले काठमाण्डूमा पत्रकार सम्मेलन गर्दै आगामी १७ कार्तीकमा उपनिर्वाचन गर्ने निर्णय भएको जानकारी गराएको हो । ०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा रुपन्देही ३ मा...

डेढ घण्टा ढिलो गरी सुरु भयो कांग्रेस केन्द्रीय समिति बैठक

२०८२ असार १६ गते १४:५४

काठमाण्डू, १६ असार– कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक डेढ घण्टा ढिलो गरी सुरु भएको छ । कांग्रेसको मुख्यालय सानेपामा साढे दुई बजेबाट बैठक सुरु भएको हो । दिउँसो एक बजेका लागि बोलाइएको बैठक डेढ घण्टा ढिलो सुरु भएको हो । सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले बैठक...

धनगढीका झन्डै एक हजार घर डुबानमा, ८ जनाको उद्धार

२०८२ असार १६ गते १४:५०

काठमाण्डू, १६ असार– धनगढीमा अविरल वर्षापछि घर डुबानमा परेर फसेका आठ जनालाई प्रहरीले उद्धार गरेको छ । धनगढी उपमहानगरपालिका –७ को बेली गाउँका चार जना र धनगढी–१३ को श्रीलंकाका चार जना गरी आठ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यलयले जानकारी दिएको छ । जिल्ला...

सकियो सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ

२०८२ असार १६ गते १४:३९

काठमाण्डू, १६ असार– सर्वोच्चका प्रस्तावित न्यायाधीश र न्यायपरिषद् सदस्यको संसदीय सुनुवाइ सकिएको छ । सर्वोच्चको न्यायाधीशमा प्रस्तावित न्यायाधीश मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापामाथि सुनुवाइ सकिए पनि अनुमोदनको निर्णय भने बाँकी छ । उनीहरूविरुद्ध परेका उजुरीमाथि लगातार सुनुवाइ भइरहेको थियो । समिति सभापति...

पूर्वराष्ट्रपति भण्डारीले सरकारी सेवासुविधा फिर्ता गर्ने

२०८२ असार १६ गते १४:३४

काठमाण्डू, १६ असार– नेकपा एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सबै सरकारी सेवासुविधा फिर्ता गर्ने भएकी छन । पूर्व राष्ट्रपतिले सबै सरकारी सेवा सुविधा फिर्ता गर्ने तयारी गरेको उनी निकट स्रोतले जानकारी दियो । ‘शितल निवासबाट फर्कंदै पूर्वराष्ट्रपतिको हैसियतमा पाउने धेरै...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us