पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर अपराधको मुद्दा

काठमाण्डु टुडे २०८२ असार १६ गते १७:२५ मा प्रकाशित

काठमाण्डू, १६ असार– जिल्ला अदालत काठमाण्डूमा साइबर अपराध गरेको आरोपमा पत्रकार दिलभूषण पाठकविरुद्ध मुद्दा दायर भएको छ ।

नेपाल प्रहरीको साइबर ब्यूरोले युट्युबमार्फत घृणा र द्वेष फैलाएको आरोपमा पाठकविरुद्ध मुद्दा दायर गरेको हो । प्रहरीले पक्राउ पूर्जी जारी गरेर पाठकमाथि अनुसन्धान अघि बढाउन खोजेको थियो ।

उच्च अदालतले पक्राउ नगर्नु भनी आदेश गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थिएन । पक्राउ नगरि प्रहरीले उनीविरुद्ध मुद्दा दायर गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us